पाँचथर । शुक्रबार खोलाले बगाएर बेपत्ता भएका नौ वर्षीय बालकको आज शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ का लोकबहादुर राईका नौ वर्षीय छोरा दिवनको शव आज दिउँसो फेला परेको हो ।
मिक्लाजुङ गाउँपालिका–४ रविको होलिचाइल्ड स्कुलमा कक्षा ४ मा अध्ययनरत राईलाई घरबाट विद्यालय जाने क्रममा बाटोमा रहेको नुवा खोलाले बगाएको थियो ।
उनको शव बाटोबाट करीब पाँच किलोमिटर तल फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।