arrow

आले र तामाङको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त    

logo
प्रकाशित २०७६ असार ३० सोमबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका स्थानीय नेता गोपालकृष्ण आले र धादिङका पूर्वजिल्ला सदस्य रामबहादुर तामाङको निधनप्रति दुःख व्यक्त गरेको छ ।     
     
 पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत उनीहरुको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

काठमाडौँका सक्रिय व्यक्तित्व आलेको ६८ वर्षको उमेरमा आइतबार यहाँस्थित ग्रिन सिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । 
     
 स्व आले २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालीन धापासी गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए । आलेले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको पार्टी कार्यालयले जनाएको छ ।     
     
 तामाङको भने हृदयाघातबाट आइतबार बिहान ४३ वर्षमा निधन भएको हो । काँग्रेसले रुवी भ्याली गाउँपालिका–४ सेर्तुङ निवासी तामाङले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेको बताउँदै उनको निधनबाट पार्टीले एक कुशल सङ्गठनकर्तालाई गुमाएको बताएको छ ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ