arrow

बाढी, पहिरो र डुबानमा परी ज्यान जानेको संख्या ६५ पुग्यो, को कति ?

logo
प्रकाशित २०७६ असार ३० सोमबार
pahiro.jpg

काठमाडौं । गत मंगलबारदेखि आइरहेको अविरल वर्षा र त्यसपछिको बाढी, पहिरो तथा डुवानका कारण अहिलेसम्म ६५ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

प्रहरी प्रधान कार्यालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार बाढी पहिरोमा परेर ६५ जनाको मृत्यु भएको हो । 

मृतकहरुमा ४१ जना पुरुष र २४ जना महिला रहेका छन् । बाढी–पहिरोमा परी ३० जना बेपत्ता भएका छन् । 

बेपत्ता हुनेमा १८ पुरुष र १२ जना महिला रहेका छन् । 

त्यसैगरी प्रहरीले बाढी र पहिरोबाट ३८ जना घाइते भएको जनाएको छ । घाइते हुनेमा २१ पुरुष र १७ महिला छन् ।

उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले अहिलेसम्म १,४४६ जनाको उद्धार गरिएको जनाएको छ ।

उद्धार तथा राहतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।

सेनाले १५ हजार सेनाहरु परिचालन गरिएको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ