गुलरिया,बर्दिया । बर्दिया प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ३ स्थीत भगरा चौक बाट बढैयताल गाँउपालिका वडा नम्बर ४ दक्षिण भकारी बस्ने वर्ष ३३ का असगर अली तेलीलाई पक्राउ गरिएको हो ।
गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले खनतलासी गर्दा तेली संग ३.५ ग्राम लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
आइतबार राती करिव ९ : ४५ बजे पक्राउ गरि उनलाई अवश्यक अनुसन्धानका लागी इलाका प्रहरी कार्यलय मोतीपुरमा राखिएको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी निरिक्षक मदन ठाकुरले बताए ।