arrow

पत्रकार भन्नेले चिट काटेबापत ट्राफिकसँग असुले एक लाख, परे पक्राउ

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
arrest.jpg.jpeg

काठमाडौं । प्रहरीले आफूलाई पत्रकार भन्दै नियमित चेकिङ गर्ने प्रहरीलाई ब्ल्याक मेलिङ गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले दाङस्थित तुल्सीपुर उपमहानगरपालिका १५ बस्ने सुनिल न्यौपाने ट्राफिक प्रहरीका हवल्दार पूर्ण अकाशदिप सिंहलाई मानसिक दबाब दिएर एक लाख ५ हजार रुपैयाँ ठगि गरेको आरोपमा पक्राउ गरिएको हो ।

प्रहरीले एक सूचना जारी गरी दिएको जानकारी अनुसार आफूलाई युगवोध पत्रिकाको पत्रकार हुँ भन्ने न्यौपानेले हवल्दार सिंहसँग पटक पटक गरी एक लाख ५ हजार रुपैयाँ असुल गरेका छन् ।गत जेठ १८ गते सवारी चालकहरुसँग नियमित चेकजाँच गरिरहेको बेलामा न्यौपानेले आफूले प्रहरीको भिडियो खिचेको र बदनाम गरिदिने धम्की दिएर पटक पटक गरी सो पैसा असुलेको उल्लेख छ ।

तुल्सीपुर उपमहानगरपालिका १७ मा सवारी चेकजाँचका क्रममा पत्रकार न्यौपानेसँग कागजपत्र नदेखिएपछि जरिवानास्वरुप हवल्दार सिंहले रसिद काट्न खोजेका थिए । त्यसपछि उनले आफू पत्रकार रहेको भन्दै धम्की दिएका थिए । 
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ