arrow

नेकपाको असन्तुष्ट पक्षको भेला : १३ सदस्यीय केन्द्रीय समानान्तर सचिवालय गठन

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
ncp-flag.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का असन्तुष्ट समुहको बैंठक सम्पन्न भएको छ । यही असार ३० गते बसेको पार्टी केन्द्रीय कार्यालय (हेर्ड क्वाटर)बैठकले समसामयिक राजनीतिक विषयवस्तु र पार्टीका महत्वपुर्ण विषयमा गम्भीर ढंगले छलफल गरी निम्न निर्णयहरु पारित गरिएको नेकपाको केन्द्रीय समानान्तर सचिवालयका संयोजक युवराज सफलद्वारा जारी विज्ञप्तीमा भनिएको छ । 

सो बैठकले पार्टीको नामाकरणको सम्बन्धमा असन्तुष्ट समुहहरुले बद्लिदो परिवेशसँगै पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नै राख्ने र यही नाममा समान्तर पार्टी गतिविधि गर्ने निर्णय सर्वसम्मत पारित गरेको छ। पार्टीको सचिवालय गठन सम्बन्धमा १३ सदस्यीय केन्द्रीय समानान्तर सचिवालय गठन गर्ने निर्णय गरेको हो।

जसको अध्यक्षमा युवराज सफल, वरिष्ठ नेता डा. मोजराज बगाले, वरिष्ठ नेता डिबी थापा, वरिष्ठ नेता सिद्धार्थ अधिकारी, वरिष्ठ नेता भोजराज श्रेष्ठ, महासचिव डिबी बुढा, सचिवालय सदस्यहरु शुशिल योगी, राजकुमार हुमागाई, धिरेन्द्र झा, जेएन घिमिरे, पुरुषोत्तम गजुरेल,
आशिष तामाङ्ग र राम बुढाथोकी रहेका छन् । 

त्यस्तै, भेलाले पार्टी भेला तथा पुर्ण केन्द्रीय समिति घोषणा समेत गर्ने भएको छ । तत्कालीन नेकपा (माओवादी)केन्द्रमा एकीकरण गरेका ४२ भन्दा बढी राजनीतिक पार्टी र तत्कालीन नेकपा (एमाले)र (माओवादी) केन्द्रका जिम्मेवारीविहिन केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य लगायतको भेला मिति २०७६ असोजमा बोलाई सोही बृहत भेलाबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुर्ण केन्द्रीय समानान्तर समिति घोषणा गर्ने र त्यति बेलासम्म यही केन्द्रीय सचिवालयले नै कार्यकारी भुमिका खेल्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ