arrow

आँखा नदेख्ने मानिसले किन लगाउँछन् कालो चस्मा ?

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
Blind-People-Sunglasses.jpg-_.jpg

काठमाडौं । हामी देख्न सक्छौं अधिकांश आँखा नदेख्ने मानिसहरुले आँखामा कालो चस्मा लगाउने गर्दछन् । कालो चस्मा लगाएको र हातमा सेतो छडी बोकेको मानिसलाई देख्ने वित्तिकै हामी आँखा नदेख्ने मानिसको रुपमा चिन्ने गर्दछौं । 

यो अहिले त एउटा पहिचान नै भईसकेको छ । तर, यसको कारण खोज्दै जाँदा यसको बैज्ञानिक आधार समेत भेट्न सकिन्छ । यद्यपि आँखा नदेख्ने मानिसहरुले कालो चस्मा नै लगाउने कारण तल दिइएको छ । 

देख्ने क्षमता बढाउनको लागि 
धेरैलाई जानकारी नहुनसक्छ आखा नदेख्नेहरुले पनि १०० प्रतिशत आँखा देख्दै नदेख्ने भने होइन । उनीहरु न्यूनतम सूर्यको किरणबाट पनि दृश्य तथा संकेतहरुलाई सम्झन सक्दछन् । बैज्ञानिक अनुसन्धानमहरुका अनुसार हामीले आखा नदेख्ने भनेर भनिएकाहरुको आँखाको दृष्टि क्षमता २०/२०० भन्दा कम हुने गर्दछ । अर्थात् सामान्य मानिसहरुले २०० फिट पर कुनै बस्तुलाई जसरी देख्न सक्दछ । उनीहरुले २० फिट पर त्यसैगरी देख्न सक्दछन् । वा उनको भिज्युअल फिल्ड २० डिग्री या त्यो भन्दा कम हुन्छ । 

प्राय उनीहरुमा केही हदसम्म सहायक दृष्टि पनि हुन्छ जसका कारण उनीहरुले आसपासको बस्तुलाई होती ही है जिसकी वजह से ये आसपासको बस्तुहरुको आकृति बनाउन सक्दछन् । उनीहरुको भिज्युअल फिल्ड कम हुने कारणले पनि उनीहरु कमजोर जोनमा ठीक रुपले देख्न सक्दछन् यद्यपि टाढाको बस्तु देख्न सक्दैनन् । 

आँखाको विशेष सुरक्षाको लागि 
अर्को मूल कुरा भनेको उनीहरुले आँखाको सुरक्षाको लागि हो । प्राय हामीहरुको सबै सूर्यको प्रकाश अर्थात् गर्मी या सूर्यको किरणबाट आफ्नो आँखालाई बचाउनको लागि यस्तो चस्माहरु प्रयोग गर्दछौं । उनीहरु पनि त्यसैको लागि यस्तो चस्मा लगाउने गर्दछन् । 

सामान्य मानिसहरुको कुरा गर्ने हो भने प्रत्यक्ष सूर्यको किरणको प्रभावबाट सजिलै बच्न सकिन्छ । जस्तो कि हात आँखाको डिलमा राखेर होस् या जसरी पनि हामीहरु आँखाको सुरक्षा गर्दछौं । तर, उनीहरुले सूर्यको प्रकाशको प्रत्यक्ष प्रभावबारे अनुभव गर्न नसक्ने भएकोले उनीहरु पहिले नै कालो चस्मा लगाउँछन् । 

यस बाहेक पनि यो उनीहरुको पहिचान नै भइसकेकोले आफूलाई चिनाउनको लागि पनि यस्तो लगाउने गर्दछन् । यसका अलावा आसपासको वातावरणमा मौजूद धुलो, पत्थर या फोहोरद्वारा, सामान्य मानिसहरु भन्दा पनि उनीहरुको आँखामा खतरा रहन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ