arrow

अमेरिकाबाट फर्किए प्रधानसेनापति, राष्ट्रसंघले किन बोलाएको थियो थापालाई ? 

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
pc-thapa.jpg

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा अमेरिका भ्रमण गरी स्वदेश फर्किएका छन् । राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा ब्रिटिस आर्म फोर्सले आयोजना गरेको पहिलो महिना शान्ति तथा सुरक्षा संयन्त्रको बैठकमा सहभागी हुनको लागि उनी अमेरिका पुगेका थिए । संयुक्त राष्ट्रसंघको सचिवालयले आयोजना गरेको तेस्रो चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी भई थापा मंगलबार स्वदेश फर्किएका हुन् । 
    
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । उक्त अवसरमा नेपाली सेनाका रथीहरु र रक्षा मन्त्रालयका सहसचिवलगायतको उपस्थिति रहेको थियो । उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणको दौरान प्रधानसेनापति थापाले संयुक्त राष्ट्रसंघ मुख्यालयमा कार्यरत विशिष्ट व्यक्तित्वहरु लगायत रक्षा विभागमा अमेरिकी सुरक्षा बलका उपप्रमुख र विभाग अन्तर्गत दक्षिण एशिया विभाग हेर्ने पदाधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र संयुक्त राष्ट्रसंघ तथा  मित्रराष्ट्र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

संयुक्त राष्ट्रसंघको ‍औपचारिक निमन्त्रणामा राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा भएको कार्यक्रममा सहभागी हुन प्रधानसेनापति थापा असार २३ गते अमेरिकातर्फ गएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ