arrow

हेटौंडाबाट फाखेल भएर काठमाडौँ जोड्ने सडक अवरुद्ध

logo
प्रकाशित २०७६ असार ३१ मंगलबार
badhi_hetauda.jpg

हेटौंडा। वर्षाको कारण हेटौंडाबाट फाखेल हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग अवरुद्ध भएको छ ।वर्षाका कारण पहिरो जाँदा सडकसमेत बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहले जानकारी दिए । कुलेखानी–फाखेल सडकखण्डस्थित लक्ष्मी खोलाले सडक बगाउँदा बाटो अवरुद्ध भएको जनाइएको छ । सडक बगाएपछि फाखेल सडकखण्ड अवरुद्ध भएको हो ।

यसैगरी हेटौँडा–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली निस्कने बाटो पाँच दिनदेखि बन्द रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, हेटौँडाबाट त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाने बाटो भने चलिरहेको छ । कान्ति लोकपथ सडकखण्ड भने पहिरोका कारण अवरुद्ध भएको र खुल्न केही दिन लाग्ने प्रहरीले जानकारी दिएको छ ।

इन्द्रसरोवर गाउँपालिकाको स्याउलीबजार, राकस खोला, महालक्ष्मी खोला र हुमानेमा पहिरो गएपछि हेटौँडा, फाखेल, हुमाने काठमाडौँ सडक पुनः अवरुद्ध बनेको थियो ।

सोमबार दिनभर सडकखण्ड खुलाउन प्रयास भए पनि नसकिएको र आजबाट फाखेल प्रहरीको टोलीले सडकखण्डमा भएको पहिरो हटाउन जेसिभी प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ