'ब्रह्मा, विष्णु र महेश्वर तीनै देवताको समन्वय सदगुरु'
प्रकाशित २०७६ असार ३१ मंगलबार
702
Shares
काठमाडौं । अषाढ शुक्ल पूर्णिमाको अवसरमा आफूलाई ज्ञान, शिक्षा र संस्कार प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी देशैभरी गुरुपूर्णिमा पर्व मनाइएको छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ ।
मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराज भन्नुहुन्छ, ' हाम्रो देश भित्र गुरु पुर्णिमाको ठुलो महत्व छ । आजको दिन वेद व्यासले भागवतको कथा सुनाएको मानिन्छ । व्यास गद्दिमा बसे जो कथा बाचक थिए उनले कथा सुनाए र आज पनि त्यसै परम्पराको अनुसार हामी भन्छौ व्यास जी बसेका छन् भागवत सुनाउन । भन्नुको अर्थ ‘गु’माने अन्धकार र ‘रु’भन्नाले प्रकाश बुझिन्छ । जसले व्यक्तिको जीवनलाई 'तमसो मा ज्योतिर्गमय' अन्धकारबाट प्रकाश तर्फ लिएर जान्छ उ सद्गुरु हुन्छ ।'
'सुकदेवमुनीले जब कथा सुनाए तब उनि पहिलो व्यास भए । त्यसै कथालाई अनेकौ कथा बाचकले सुनाउछन् । तर जुन ज्ञान परिक्षितलाई भयो, तनमेहेता परिक्षित भित्र थियो । त्यो हाम्रो जीवनमा आए, हाम्रो जीवन धन्य हुनेछ । हाम्रो देश भित्र गुरुको बन्दना गर्दै भनिन्छ- गुरुर ब्रह्मा, गुरुर विष्णु ,
गुरुर देवो महेश्वरः
गुरुर साक्षात परब्रह्मा ,
तस्मै श्री गुरुवे नमः
हामीकहाँ अनेकौ देवता हुनुहुन्छ, जस मध्ये जुन परम देवता हुनुहुन्छ । उहाँहरु ब्रह्मा, बिष्णु र महेश हुनुहुन्छ । जसलाई सृष्टिको सृजनकर्ता, पालनकर्ता र संघारकर्ता भनिन्छ । तर हाम्रो शास्त्रहरुमा तथा आचार्य विद्वानहरु एक मतले भन्छन्- यी तीनै देवताहरु अलग अलग भएपनि तीनैको समन्वय गुरुमहराजबाट हुन्छ ।'
गुरुपुजाको अवसरमा नेपाल मानव धर्म सेवा समितिले पनि मानव धर्मका प्रणेता सद्गुरुदेव श्री सतपालजी महाराजजी प्रति श्रद्धाभाव प्रकट गर्दै 'गुरु पुजा महोत्सव २०७६' मनाएको छ ।
संस्थाको केन्द्रीय कार्यालय गौशालामा गरिएको कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठले आफुले प्राप्त गरेको आध्यात्मिक तथा भौतिक सबै खालका शिक्षा आदान प्रदान गरेमा आध्यात्मिक, सामाजिक मात्रै नभै देश विकास हुने बताए ।
कार्यक्रममा समितिका केन्द्र प्रमुख महात्मा चमेली बाइजीले हाम्रा शास्त्रमा भएका कुरालाई सबैले मनन गर्नु पर्ने र शास्त्रमा उल्लेख गरिएको गुरु शिष्यका उदाहरणबाट हामीले पनि धेरै कुरा सिक्न सकिने बताइन् । चेतन शरिर भएका गुरुले मात्र ज्ञान र भक्तिको कुरा सिकाउन सकिने भएकोले चेतन गुरुलाई मान्न पनि उनले सबैलाई प्रेरणा दिइन् । कार्यक्रममा बोल्दै उनले भनिन्, 'गुरु चरणको दर्शनले मात्र पनि काशि प्रयागको पुण्य मिल्छ । त्यसैले हरेक युगमा आएका गुरुलाई सबैले चिन्नुपर्छ र गुरुले देखाएको बाटोमा हिड्नु पर्छ ।'
वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा व्यासजयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यासजयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए ।