arrow

फर्पिङ नाकामा समस्या

logo
प्रकाशित २०७६ साउन १ बुधबार
pahiro-palpa.jpg

काठमाडौं । अविरल वर्षाका कारण देशका अधिकांश राजमार्गहरु अवरुद्ध हुँदै आएकामा एउटा नाका बाहेक सबै राजमार्गहरु नियमित भएका छन् । 

फर्पिङ नाका भने अवरुद्ध रहेको छ । ठाउँठाउँमा पहिरोले गर्दा रिस्क बढी भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

पैदलको सम्भावना समेत कम छ । सडक सुधारको प्रक्रिया चलिरहेको बताइएको छ । 

अन्य नाकाहरु सबै सुचारु रहेको कार्यालयले जनाएको छ । मंगलबार मात्रै पनि बीपी राजमार्गमा समस्या आएको थियो । 

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानहरुमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको जनाइरहेकाले केही राजमार्गमा फेरि पनि क्षति पुग्न सक्ने अड्कल भने गरिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ