arrow

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुग्यो 

logo
प्रकाशित २०७६ साउन १ बुधबार
flood3.jpg

काठमाडौं । गत बिहीबारदेखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ । 

रौतहटमा १० जना मृत अवस्थामा फेला परेपछि यो संख्या ८० पुगेको नेपाल प्रहरीले जनाएको छ । 

सबैभन्दा बढी असर रौतहटमै परेको छ । ललितपुरमा ६ र मकवानपुर र भोजपुरमा ५–५ जनाको मृत्यु भएको थियो । 

त्यस्तै वर्षाका कारण ३२ जिल्ला बढी प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

३४ जना अझै बेपत्ता भएका छन् भने केही दर्जन घाइते रहेका छन् । 

झण्डै १७ हजारको संख्यामा विस्थापित भएका छन् । प्रहरीले ३५ सयको हाराहारीमा उद्धार गरिएको पनि जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ