arrow

यस्तो छ मौसमवाणी

logo
प्रकाशित २०७६ साउन १ बुधबार
weather3.jpg

काठमाडौं । गत बिहीबारदेखि चलिरहेको मनसुनी वर्षा बिस्तारै कमजोर हुँदै गए पनि खतरा भने अझै टरेको छैन । 

बुधबार बिहान पूर्वका धेरै ठाउँहरुमा वर्षा भइरहेको छ । मध्य र पश्चिममा फाट्फुट वर्षा भइरहको छ । लगातार वर्षाको सम्भावना भने देखिँदैन । 

बुधबार बिहानैदेखि धनुषा, सिराहा र सप्तरी जिल्ला आसपास मेघ गर्जन र हावाहुरीसहित वर्षा भएको छ । यो प्रणाली क्रमशः विकसित हुँदै पूर्वतिर सरेको हो । 

बाढी पहिरो धेरै नै हुने गरी सक्रिय खालको वर्षा हुने सम्भावना नदेखिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताएका छन् । 

मनसुनको समयमा एक दुई स्थानमा भने बाढी पहिरो जाने खालकै वर्षा हुने उनको भनाइ रहेको छ । 

उच्च सतर्कता भने अपनाउनु पर्ने भन्दै उनले सचेत गराएका छन् । मंगलबार सबैभन्दा बढी धरानमा वर्षा भएको छ । धरानमा ९१ मिलिमिटर वर्षा भएको थियो । 

त्यसैगरी पोखरामा ८७.४ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा भने ६.२ मिलिमिटर वर्षा भएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ