arrow

यस्तो देखियो १४९ वर्षपछि लागेको दुर्लभ चन्द्रग्रहण 

नेपालमा अब ग्रहण कहिले ?

logo
प्रकाशित २०७६ साउन १ बुधबार
RS-Ktn.jpg

काठमाडौं । बुधबार बिहान वर्षको पहिलो चन्द्रग्रहण लागेको छ । यो खण्डग्रास चन्द्रग्रहण नेपालसहित विभिन्न देशमा देखिएको हो । पौने २ देखि बिहान पौने ५ बजेसम्म तीन घण्टा चलेको यो चन्द्रग्रहण लामो समयमध्येको एक हो । 

यो चन्द्रग्रहणलाई वैज्ञानिकले हाल्फ ब्लड थन्डर मून इक्लिप्स नाम दिएका छन् । यसको आकार रातो देर्खिएकाले यसलाई यस्तो नाम दिइएको हो । चन्द्रमाको आकार पनि अन्य दिनको तुलनामा निकै ठूलो देखिएको थियो ।

खगोल विज्ञानमा चासो राख्ने मानिसका लागि यो निकै मनोरम दृश्य भएको हो । भारत, अष्ट्रेलिया, अफ्रिका, दक्षिण अमेरिका, एसिया र युरोपको अधिकांश हिस्सामा यो ग्रहण देखिएको हो । 

यस्तो खालको चन्द्रग्रहण यसअघि सन् १८७० जुलाई १२ मा गुरुपूर्णिमाको दिन चन्द्रग्रहण लागेको थियो । त्यसयता यस्तो भएको थिएन ।

नेपालमा अब ग्रहण कहिले ?
अब षौषकृष्ण औशीमा खण्डग्रास सूर्यगहण लाग्नेछ । यो ग्रहण बिहान लाग्नेछ । पुस १० गते बिहान लाग्ने ग्रहण २ घण्टा ४९ मिनेट लामो हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ