arrow

हेलिकष्टरबाट देखिएको बाढी प्रभावित क्षेत्र

logo
प्रकाशित २०७६ साउन १ बुधबार
flood-rautahat.jpg

रौतहट । रौतहट जिल्लाका बाढी प्रभावित क्षेत्र ।

उपप्रधान एवं स्वास्थय तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतले बुधबार प्रदेश नं २ मा पर्ने तराईका जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

गत बिहीबारदेखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ८० पुगेको छ ।  रौतहटमा १० जना मृत अवस्थामा फेला परेपछि यो संख्या ८० पुगेको नेपाल प्रहरीले जनाएको छ । 

सबैभन्दा बढी असर रौतहटमै परेको छ । ललितपुरमा ६ र मकवानपुर र भोजपुरमा ५–५ जनाको मृत्यु भएको थियो । 

त्यस्तै वर्षाका कारण ३२ जिल्ला बढी प्रभावित भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

३४ जना अझै बेपत्ता भएका छन् भने केही दर्जन घाइते रहेका छन् । 

झण्डै १७ हजारको संख्यामा विस्थापित भएका छन् । प्रहरीले ३५ सयको हाराहारीमा उद्धार गरिएको पनि जनाएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ