arrow

कारागार भित्रै मदिरा पार्टी र चरेश कारोवार, गृह प्रशासन बेखबर

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ साउन १ बुधबार
karagar_bajhang_photo.jpg

बझाङ । शान्ति सुरक्षाको रुपमा अति संवेदनशील मानिएको कारागार भित्र मदिरा पार्टी, जुवा, चरेश कारोवार हुन्छ भन्दा धेरै लाई अपत्यार लाग्न सक्छ तर बझाङ कारागारमा यस्तो यो हबिगत देखिएको छ ।

कारागार भित्रै कैदीहरुले रक्सी खाएको, तास खेलेको र चरेश खाने गरेको भिडियो सार्बजनिक भएपछि बझाङ कारागारको बेथिती बारे जानकारी भएको हो । पुरानो एकतले घरबाट नयाँ निर्माण भएको भवनमा कैदीहरु सारेपछि कैदीहरुले प्रहरी र कारागार प्रसासनसंग मिलेमतो गरि दिनहु मदिरा पार्टी हुने गरेको बुझिएको छ  ।

कारागार भित्र रहेका कैदीहरुलाई यस अगाडी पनि जेलर, सुरक्षाक्रर्मीहरुको मिलोमतोमा कैदीहरुलाई रक्सी पठाई दिने, चुरोट पठाई दिने, चरेश पठाई दिने, मोवाईल पठाई दिने कुरा बाहिर आउने गरेको भएपनि तर यस्तो कुरा सार्बजनिक भने हुने गरेको थिएन् । यसरी दिनुह जसो मदिरा पार्टी लगायतका अनैतिक गतिबिधी भई रहदा स्थानीय प्रसाशन भने बेखबर भएको छ ।

यस अगाडी पनि कारागारका कैदीहरु प्रहरीहरुले आफुसंगै बाहिरका होटेलहरुमा ल्याएर मदिरा खुवाई फेरि भित्र लिने गरेको समेत गुनासो आएको छ । यती बेथिती भई रहदा कारागारका जेलर भने अनबिज्ञ देखिएका छन् । कारागारका जेलर राजेन्द्र बहादुर बोहराले भने  यो घटना कसरी कहिले भएको हो भन्ने बारे आफुलाई जानकारी थिएन् एक्कासी भिडियो सार्बजनिक भएपछि मात्र जानकारी पाएँ । उनले भने,'अहिले कसले कहिले गरेको हो भन्ने बारे  सोधुपुछ भई रहेको छ ।'  

कारागार भित्रका कैदीहरुले पाउँने सेवा सुबिधा समेत जेलरले नदिएको समेत कैदीहरुको गुनासो छ । कारागार भित्र कैदीहरुले मदिरा सेबन गरि रहेको भिडियो सर्बजनिक भएपछि आफ्नो ध्यान गएको वताउदै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले  छानविन गर्ने वताए । उनले यो पुरानो भएको र यो समयमा त्यहाँ रहेका  प्रहरी, कर्मचारीहरुको सरुवा गरेको समेत बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ