arrow

द्वन्द्वकालीन मुद्दा शीघ्र टुङ्गिनेमा जर्मनी आश्वस्त

logo
प्रकाशित २०७६ साउन १ बुधबार
germany6.jpg

काठमाडौं ।  सङ्घीय गणतन्त्र जर्मनीका एक उच्च कूटनीतिक अधिकारीले द्वन्द्वकालीन मुद्दा शीघ्र टुङ्गिनेमा आफ्नो देश आश्वस्त रहेको बताएका छन् ।

 जर्मनीको परराष्ट्र मन्त्रालयका दक्षिण एशिया मामिला आयुक्त मार्कुस पोटजेलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग भएको शिष्टाचार भेटमा द्वन्द्वकालका सबै समस्या समाधान गर्न सरकारले आवश्यक कानून तर्जुमा गरेको र ती संसदीय प्रक्रियामा रहेको जानकारी दिए।

नेपालको दुई दिवसीय भ्रमण पूरा गरी आज अपराह्न भारततर्फ प्रस्थान गर्नुअघि जर्मनीको राजदूतावासमा केही पत्रकारसँग कुरा गर्दै उनले नेपालको संविधानको मर्म र भावनानुसार आधारभूत मानवाधिकार सुनिश्चित गर्न भएका प्रयासको प्रशंसा गरे ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीको नियुक्त, आयोगका बाँकी न्याय सम्पादनका बाँकी कामले शीघ्र पूर्णता पाउनेमा जर्मनी ढुक्क रहेको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ