arrow

मध्य र पूर्वी क्षेत्रमा वर्षाप्रति सचेत बनौं 

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
weather.jpg

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मध्य र पूर्वी क्षेत्रमा  वर्षाप्रति सचेत रहन आग्रह गरेको छ । 

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बिहीबार बिहान धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जनाएका छन् । 

उनले बिहानीपख काठमाडौं उपत्यकासहित मध्यभागमा भारी वर्षा भएको जनाउँदै दिउँसो पनि सचेत रहनु पर्ने बताए । 

पश्चिममा पोखरातिर र मध्य पश्चिमका केही स्थानमा वर्षा भएको भए पनि पश्चिमतिर त्यति खतरा नभएको उनले बताए । 

मध्य र पूर्वी भूभागमा भारी वर्षाको सम्भावना कायम रहेको र केही सतर्कता अपनाउनु पर्ने देखिएको उनले जनाए । पहाडी भेगमा पहिरो जानसक्ने खतरा पनि रहेको छ । 

बिहीबार बिहान चितवन, महोत्तरी, धनुषा, सिन्धुली र आसपासका क्षेत्रमा पनि वर्षा भएको छ । मेघगर्जनसहित वर्षा भएकाले सतर्क रहन आग्रह गरिएको छ । 

शुक्रबार पनि मध्य र पूर्वी भूभागमा वर्षा बढी हुने उनले बताए । केही दिनसम्म ठूलो वर्षा भने नहुने उनले बताए ।  

उपत्यकामा बिहीबार बिहानसम्म ४९.३ मिलिमिटर वर्षा भएको छ । विमानस्थल वरपर २० डिग्री सेन्डिग्रेट तापक्रम र भिजिबिलिटी ४ किलोमिटर प्रतिघण्टा रहेको छ । 

वर्षाकै कारण उपत्यकाका विभिन्न सडकमा खाल्डाखुल्डीले दुःख दिएको छ । ट्राफिक प्रहरी महाशाखाले नाकाहरुमा भने वर्षाले गर्दा सवारी संचालनमा कुनै अप्ठेरो नपरेको जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ