arrow

करणी गरि फरार चौलागाईँ पाँच वर्षपछि पक्राउ

logo
प्रकाशित २०७६ साउन २ बिहिबार

मकवानपुर । जबर्जस्ती करणी मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा २ वर्ष ६ महीना कैद सजाय पाएका हेटौँडा उपमहानगपालिका–६ का ४४ वर्षीय पुण्यप्रसाद चौलागाईँलाई जिल्ला प्रहरी कार्यालयले पाँच वर्षपछि पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरले २०६९ साल चैत ६ गते र पुनरावेदन अदालत हेटौँडाले २०७१ साल असार १७ गते चौलागार्इंलाई २ वर्ष ६ महीना कैद सजायको फैसला सुनाएको थियो । कैद सजाय सुनाएपछि फरार रहेका चौलागाईँलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा खटिएको टोलीले मङ्गलबार हेटौँडा–२ बाट नियन्त्रणमा लिएको हो ।

उनलाई बुधबार जिल्ला अदालत मकवानपुरमा पेश गरी कैद भुक्तानका लागि कारागार कार्यालय भीमफेदी मकवानपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ