arrow

विप्लव नेतृत्वको नेकपाले साउन ७ गतेदेखि सरकारी गाडी चल्न नदिने

logo
प्रकाशित २०७६ साउन २ बिहिबार
biplob_new.png

काठमाडौं । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी साउन ७ गतेदेखि सरकारी गाडी चल्न नदिने भएको छ । नेकपाको मध्य पश्चिम कमाण्ड इन्चार्ज बीरज‌ंगको हस्ताक्षर रहेको सो विज्ञप्तीमा साउन ७ देखि सेतो नम्बर प्लेट भएका सवारीलाई बन्द गर्ने निर्णय गरेको हो । यद्यपि विज्ञप्तीमा कुन कुन ठाउँमा सरकारी गाडी गुड्न नदिने हो रु यसबारेमा भने केही पनि उल्लेख गरेको छैन । 

एकीकृत जनक्रान्तिको वैज्ञानिक कार्यदिशाको सफल कार्यान्वयनको प्रक्रियामा प्रतिक्रियावादी सत्ता र जनसत्ता वीचको मोर्चाबन्दी झन् कसिलो बन्दै गइरहेको ठहर नेकपाको छ । आफ्नो विरोधी सत्ताले आफ्ना नेता कार्यकर्ताहरुलाई गैरन्यायिक गिरफ्तारी, दमन, यातना तथा हत्यासम्मका घटनाहरु घटाएको नेकपाको ठहर छ । यसरी हत्या आतङ्क, गिरफ्तारी, दमन र बलात्कारसम्मले पनि आन्दोलनलाई ठेगान लगाउन नसकेपछि वार्ताको भ्रमपूर्ण बकवास गोयवल्स शैलीमा फैलाएको छ आरोप विज्ञप्तीमा उल्लेख छ । यो भ्रमपूर्ण भनाईले थप दमनको तयारी सरकार रहेको भन्ने बुझिएको विज्ञप्तीमा उल्लेख छ । 

यता जनताको गाउँ-गाउँमा सिंहदरवारको नारामा गठित सरकारद्वारा चर्को कर असुल्ने र जनतामाथि नै दमन अभियान संचालन गरेर जनपक्षीय आवाजहरुलाई बन्द गर्ने प्रयास गरेको आरोप पनि नेकपाले लगाएको छ । अर्को तर्फ जनप्रतिनिधिहरु नै ठेक्का पट्टामा सामेल हुने, आफ्नै टिप्पर, ट्रक, ट्याक्टर र स्काभेटर प्रयोग गर्दै राज्यको सम्पत्ति दोहन गरिरहेको आरोप समेत लगाइएको छ।

कतिपय जनप्रतिनिधिहरु नै जनहत्यारा अभियानमा सुराकीको भूमिका खेलिरहेको भन्दै पार्टीले आगामी दिनमा ती सबै हर्कतहरु बन्द गर्ने निर्णय गरेको सो बिज्ञप्तीमा उल्लेख छ । मुक्तिकामी श्रमजीवी जनताको पार्टीलाई प्रतिवन्ध लगाउने, नेता कार्यकर्ता हत्या गर्ने, हिरासतमा राखी यातना दिने तथा शान्तिपूर्ण भेला सम्मेलनहरु गर्न नदिने राज्यको कदमका विरुद्ध सेतो नम्बर प्लेटका सम्पूर्ण गाडीहरु सडकमा गुड्न प्रतिबन्ध गरिएको उल्लेख छ । उक्त निर्णयका विरुद्ध जनविरोधी कार्य गरे र गराएमा जनताले नियन्त्रणमा लिई कारवाही चलाउने चेतावनी पनि पार्टीले दिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ