arrow

पहाडमा पहिरो, तराईमा डुबान, यस्तो छ देशभरको शुक्रबारको अवस्था

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
weath.JPG

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार पहाडमा पहिरो र मधेश डुबानमा पर्ने खतरा रहेको भन्दै सचेत गराएको छ । 

महाशाखाले मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र जसको कारण मनसुनी गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेकाले त्यतिधेरै खतरा भने नरहेको बताएको छ ।

अहिले दाङदेखि पूर्वका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघगर्जनसहित वर्षा भइरहेको छ । 

यो प्रणाली सक्रिय रहँदै गएकाले आसपासका जिल्लाहरुमा पनि वर्षाको सम्भावना रहेको छ । 

काठमाडौं उपत्यकामा शुक्रबार बिहानैदेखि मौसम बिग्रिएको छ । 

हाल देशको पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रही पश्चिम क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको महाशाखाले बताएको छ । साथै पूर्वी र मध्य क्षेत्रका थोरै र पश्चिम क्षेत्रका एक दुई स्थानहरुमा मेघगर्जनसहित वर्षा भइरहको जनाएको छ । 

शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा वर्षा हुने सम्भावना रहेको छ । देशका मध्य र पूर्वी तराई क्षेत्रका एक दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ । 

राति पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

महाशाखाले मध्य र पूर्वी क्षेत्रका केही स्थानमा पहाडमा पहिरो र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन पनि अनुरोध गरेको छ । 


बिहीबार सबैभन्दा बढी काठमाडौंमा ५२.७ मिलिमिटर वर्षा भएको थियो । त्यसैगरी पोखरामा २८.३, ओखलढुंगामा १६.३, धरानमा १३.१ मिलिमिटर वर्षा भएको थियो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ