arrow

धनगढी विस्फोटका घाइते राम सिंहको उपचारका क्रममा मृत्यु

मृतक राम सिंह आफैले बम बोकेको प्रहरीको आशंका

logo
सुनिल आउजी, 
प्रकाशित २०७६ साउन ३ शुक्रबार
killed3.jpg

कैलाली। धनगढीमा भएको बिस्फोटनमा परी गम्भिर घाइते एक जनाको मृत्यु भएको छ । बिहीबार  सांझ भएको बम बिस्फोटबाट घाईते भएका राम सिंहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिएका छन् ।

प्रहरीले मृतक सिंहले नै बोकेको टिफिन बक्समा जडान गरिएको बम बिस्फोट भएको आशंका गरेको छ । बिस्फोटमा परि घाईते भएकाहरुको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ । 

सांझ ७ः३० बजे भएको फिस्फोटमा परि स्थानीय केशवराज पाण्डे, बझाङ घर भएका राम सिंह, जितेन्द्र यादव, मोविन खान र लक्ष्मण सेरेला घाईते भएका थिए । बिष्फोट घाईते केशवराज पाण्डेले संचालन गरेको निलम होटलमा भएको थियो ।

प्रत्यक्षदर्शीका अनुसार मृतक राम सिंहले होटलको छेउँमा झोला बिसाए लगत्तै ठूलो आवाजका साथ बम पड्केको थियो ।

घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले बताए । 

सिंह नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता तथा पूर्व माओवादी लडाकु भएको बताईएको छ । प्रहरीले घटनास्थलबाट १ थान चाईनिज पेस्तोल, एक थान मोटरसाईकल तथा केहि कागजपत्रहरु बरामद गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ