arrow

दुई वर्षभित्र कांग्रेसमा नयाँ नेतृत्वसहित आमूल परिवर्तन – कृष्णप्रसाद सिटौला

दुई बर्षभित्र दुई आयोगमार्फत् पीडितलाई न्याय दिलाउने भनिए पनि न्याय दिने विधि के हो भन्नेमा १३ बर्षसम्म कुनै राजनीतिक सहमति बनेन

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
krishna-sitaula.JPG

काठमाडौं । नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले दुई वर्षभित्र कांग्रेसमा नयाँ नेतृत्वसहित आमूल परिवर्तन हुने दावी गरेका छन् । 

नेता सिटौलाले सभापति शेरबहादुर देउवालाई आजको स्थितिले काँग्रेस अगाडि जान नसक्ने भन्दै यसमा आमूल परिवर्तन ल्याउन पनि सल्लाह दिएका छन् । 

उनले विचारमा, शैलीमा, सोचमा, व्यवहारमा र कार्यक्रममा धेरै कुरामा परिवर्तन ल्याउनु पर्ने भन्दै आफूले यसलाई आमूल परिवर्तन भन्ने गरेको बताए । 

नेता सिटौलाले त्यसका लागि गाउँपालिका, नगरपालिका लगायतमा संघीय संरचना तुरुन्तै बनाउनु पर्नेमा जोड दिएका छन् । 

हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम टफ टकमा कार्यक्रम संचालक दिलभुषण पाठकसंग बोल्दै नेता सिटौलाले आगामी दुई वर्षमा काँग्रेसमा पुरै नयाँपन हुने दावीसमेत गरेका छन् । 

उनले नेतृत्व पनि नयाँ आउने र यसको विचार, शैली, कार्यपद्धति, यसको समग्र देशलाई हेर्ने चिन्तनधारामा नै नयाँपन आउने दावी गरे ।  

उनले अर्को वर्ष हुने काँग्रेसको महाधिवेशनबाट आम जनताले काँग्रेसको नयाँ रुप देख्न पाउने समेत बताए । 

शान्ति प्रक्रियाबारे यसो भन्छन् सिटौला 
तत्कालीन विद्रोही माओवादीसंग सरकारले वृहत शान्ति सम्झौता गर्दा महत्वपूर्ण भूमिका निर्वाह गरेका तत्कालीन गृहमन्त्रीसमेत रहेका नेता सिटौलाले शान्ति सम्झौताको १३ वर्षसम्म पनि नेताहरु गम्भीर नभएकाले अहिलेसम्म टुङ्गोमा पुग्न नसकिएको बताएका छन् । 

यो अवधिमा माओवादीले नै सरकारको पटक पटक नेतृत्व गरे पनि गम्भीर भएर समस्या समाधानमा नलाग्दा पीडितले राहत महसुस गर्न नसकेको उल्लेख गरे । 

दुई बर्षभित्र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोग मार्फत् पीडितहरुलाई न्याय दिलाउने भनिए पनि न्याय त परै जाओस् न्याय दिने विधि के हो भन्नेमा पनि १३ बर्षसम्म कुनै राजनीतिक सहमति बनेको छैन ।

दुईवटा आयोगका पदाधिकारीको एक कार्यकाल त्यत्तिकै सकिएर पनि अवकाश पाइसकेका छन् । 
काँग्रेस नेता सिटौलाको बिहीबार राति प्रशारित अन्तर्वार्ताको यो भिडियो–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ