arrow

अड्डा खडा गरेर घुस लिने इन्जिनियर रंगेहात पक्राउ

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
ashok-hotel.jpg

सर्लाही । सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने रामनगर गाउँपालिकाका इन्जिनियर रामजी बाबु यादव घुस रकमसहित पक्राउ परेका छन् । यादव बिहिबार सदरमुकाम मलंगवास्थित अशोक होटलबाट ५० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका हुन् ।

पक्राउपछि अख्तियारको टोलीले मुचुल्का उठाएको थियो  । यसअघि सर्लाहीको दक्षिणी भेगका अधिकांश स्थानीय तहका लेखापाल लगायतका कर्मचारीले सदरमुकाममा बेग्लै अड्डा खडा गरेर काम गरिरहेको गुनासो आइरहेको थियो ।

अझ आर्थिक वर्षको अन्तिममा जिल्लाको दक्षिणी भेगका धेरैजसो स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी मिलेर फर्जी काम देखाई बजेट कुम्ल्याएको गुनासो आएको थियो ।

 ग्रामीण भेगमा पर्ने रामनगर गाउँपालिकाका इन्जनियर घुस रकमसहित पक्राउ परेपछि यो कुराको पुष्टी समेत भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ