arrow

उकालोबाटोमा चढ्न नसक्दा ५० मिटर तल खस्यो जीप

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
jeep-accident-palpa.jpg

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका ५ भुवाखोलामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

 मृत्यु हुनेमा जीप चालक कैलालीको टीकापुर नगरपालिका ४ का २६ वर्षीय रमेश बोगटी र मुगुको खत्याड गाँउपालिका वडा नं ६ का २४ वर्षिय राम बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
 
दुर्घटनामा घाइते हुने मध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ भने २ जनाको सकुशल उद्दार गरिएको बताइएको छ ।  जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कणली करिडोर अन्तरगत जगन्नाथ गाँउपलिकाको वडा नं १ पीलुचौरबाट कालिकोटको जीतेगडा जाँदैगरेको क १ ज २१ नंम्बरको जीप उकालोबाटोमा चढ्न नसक्दा ५० मिटर तल खसेको प्रहरीले बताएको  छ ।
 
 जीप बिहान ८ बजेर ३० मिनेटमा दुर्घटना भएको र घाइतेको स्थानीय स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीद्वारा घटना स्थलमै उपचार भैरहेको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ