arrow

रोकिएन सिरञ्ज आतंक : ६० वर्षे बृद्ध समेत जँचाउन पुगे

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
Syringe_Attack.jpg

काठमाडौं। शुक्रबार दिउँसो, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एकजना बृद्ध, बसमा यात्रा गर्दा ढाडमा चसक्क पारो भन्दै जँचाउन पुगे। डाक्टरले हेरे। उनले चस्काएको भनेको ठाउँमा कुनै घाउ वा सुई हानेको जस्तो दाग देखिएन। डाक्टरले नदेखेपछि, उनी खुशी भएर फर्किए। वैशाखयता राजधानीमा फैलिएको ‘सुई आतंक’को त्रास अझै मेटिएको छैन।

सिरिंज आक्रमणको त्रास फैलिलिरहेको बेला, गत ९ गते सोमबार बिरामीलाई भेट्न बनेपा पुगेका स्याङ्जाका खगेन्द्र प्रसाद पाठकलाई सुई हानेको आरोपमा स्थानीले कुटे। प्रहरीको जिम्मा लगाए। तर उनी निर्दोष देखिए। 

असार दोश्रो साता मात्रै काठमाडौंको महाराजगन्जबाट रामेछापको खाँडादेवी गाउँपालिकाका ३० वर्षीय सन्तोष कार्की पक्राउ परे। उनले भने, ढलान गर्ने काँटी प्रयोग गरेर रमाइलोका लागि युवतीहरुलाई घोचेको बयान दिए। सिरिञ्ज आक्रमको विषयले संसदमै प्रवेश पायो। काँग्रेस सांसद मीना सुब्बाले, सिरिन्ज आक्रमण नियन्त्रण गर्न र सर्वसाधारणलाई त्रासबाट बचाउन संसद बैठकबाटै सरकारको ध्यानाकर्षण गराइन्।

यसरी तिखो बस्तुले घोचेको भन्दै, टेकु अस्पताल लगायत राजधानीका अरु अस्पतालमा पनि जँचाउन जानेको संख्या खास घटेको छैन। टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक, डा शेर बहादुर पुनका अनुसार असार लागेयता साउनको तेश्रो दिनसम्म, तिखो बस्तुले घोच्यो भन्दै ३२ जना जँचाउन पुगेका छन्। कहिलेकाहिँ दिनकै ३, ४ जनासम्म आउने गरेको उनले जानकारी दिए। यो अबधीमा, ६ जना पुरुष पनि आफुलाई तिखो बस्तुले घोच्यो भन्दै जँचाउन आउने गरेको डा पुनले सुनाए।

गाडी वा भिडभाडमा कतै चिकिस्क भयो, वा घर गएर पनि चिसिक्क भएको ठाउँमा साने घाउ, दाग जस्तो देखिएमा, वा नदेखिए पनि कतै सुईले नै घोचिदियो कि भनेर आउने गरेको उनले बताए।

कसरी थाहा पाउने सुईले घोचेको ? 
डा. पुन भन्छन्, ‘सिरिन्ज होनेका पीडा नै फरक हुन्छ नि। प्रभाव तत्काल देखिन्छ। रगत समेत बग्छ। कपास दिएर थिच्न समेत लगाइन्छ नि, रगत रोक्न’। तर जँचाउन गएकाहरुमा रातो दाग फैलिएको जस्तो देखिएको छ। सिरिन्जले हान्दा त्यस्तो दाग फैलिएर जाने संभावना कम देखिन्छ, उनले भने। जँचाउन गएकामध्ये, धेरै जसो कन्भिन्स भएर फर्किन्छन्। तर केहीले चाहिँ औषधी नै खाने जिद्दि गर्छन्।

टेकु अस्पतालले यसरी जँचाउन गएकाहरुलाई रगत परीक्षण गरिदिन्छ, एच आइभी, हेपाटाइटिश बी र सी। तर अहिलेसम्म सबैको नतीजा नेगेटिभ देखिएको छ।  भीडभाड र सार्वजनिक सवारीमा यात्रा गर्दा, बेल्टको चुच्चो, तीखो औठी लगायत, साँचोले पनि घोच्न सक्ने उनको भनाइ छ। तर शंका लागेमा भने जँचाउनुपर्ने डा पुनको सल्लाह छ। सुईले घोचेको भन्दै जँचाउन आउनेमध्ये धेरै जसो बनेपा एरियाको रहेको उनले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ