arrow

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

logo
प्रकाशित २०७६ साउन ३ शुक्रबार
tipper-accident.jpg

सप्तरी । रुपनी गाउँपालिकामा ट्रिपरको ठक्करले शुक्रबार एक मोटरसाइकल चालकको मृत्यु भएको छ । वडा नं– १ स्थित रुपनी–राजविराज सडकखण्डमा ट्रिपरको ठक्करले घाइते मोटरसाइकल चालक ४५ वर्षीय महेन्द्र मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको बा ४ख ५५४२ नं को ट्रिपरले राजविराजबाट रुपनीतर्फ जाँदै गरेको स ९प ७९१८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मण्डल गम्भीर घाइते भएका थिए ।

 टाउको र खुट्टामा चोट लागि उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना भएका मण्डलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ