arrow

तमोरमा माछा मार्ने २ युवक हराए

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ साउन ५ आइतबार
Tamor-river-1.jpg

पाँचथर । माछा मार्ने क्रममा पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नम्बर ५ सुभाङका दुई जना किशोर शनिबारदेखि तमोर नदीमा बगेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा स्थानिय जीवन सुहाङ र सन्दिप सेवाँ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

उनीहरु माछा मार्ने क्रममा नदीमा बगेर बेपत्ता भएका हुन् । छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकास्थित सिमखर्क भन्ने स्थानमा पाहुना गएका उनीहरु स्थानीय दुई जना साथीहरुसँग माछा मार्न तमोर नदी गएका थिए ।

उनीहरुको खोजी कार्य जारी रहेको तर फेला पार्न नसकिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ