arrow

डाक्टरको लापरबाहीका कारण मधुमेहका बिरामीको मृत्यु, मोबाइल चलाउन व्यस्त रहेको आरोप

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन ५ आइतबार
janakpur-hos.jpg

जनकपुरधाम । डाक्टरको लापरबाहीका कारण जनकपुर अञ्चल अस्पतालमा एक बिरामीको मृत्यु भएको छ । मधुमेहको उपचारका लागि शनिबार अस्पताल पुर्याइएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर  १ निवासी ७० वर्षीय अब्दुल करिमको अक्सिजन अभाव र उपचारमा लापरबाही भएका कारण मृत्यु भएको मृतकका परिवारजनले आरोप लगाएका हुन् ।

करिमलाई मेडिकल वार्डमा ल्याइएपछि त्यहाँ ड्युटीमा रहेका डाक्टर मनिष पाण्डेय, ज्ञानेन्द्र यादवले उपचारमा ध्यान नदिएको कारण बुबाको ज्यान गएको मृतकका छोरा मोहम्मद जिलानीले बताए। साथै मृतकका अर्का छोरा मोहम्मद ईल्ताफले वार्डका नर्सहरुले विरामीको हेरविचार गर्नुभन्दा मोबाइल चलाउन व्यस्त भएको आरोप लगाएका छन्  ।

उपचारका लागि  शनिबार जनकपुर अञ्चल अस्पतालमा आएका बिरामीलाई राति ८:३० बजेसम्म कुनैपनि डाक्टर हेर्न नआएको परिवारजनले आरोप लगए ।

यता डाक्टरहरुले बिरामीको अवस्था नाजुक रहेका कारण बचाउन नसकेको बताए।

पीडित पक्षले भने दोषी डाक्टर र अस्पताल प्रमुखलाई कारवाहीको माग गर्दै नारावाजी गरेका छन ।  पीडित पक्षको विरोधका कारण अस्पतालमा तनाव बढेपछि सुरक्षाकर्मी तैनात गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ