arrow

‘जनतासामू नांगेझार भईन्छ भन्ने डरले सरकारले सदन स्थगित गर्‍यो’

logo
प्रकाशित २०७६ साउन ५ आइतबार
congress-parlinment.jpg

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन बहादुर बिश्वकर्माले साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुख कृष्णबहादुर महराको भूमिकामा निर्भर पर्ने स्पष्ट पारेका छन् ।

उनले भने,‘साउन ८ गतेको संसद बैठक चल्ने वा नचल्ने भन्ने कुरा सभामुखको भूमिकामा भर पर्छ । प्रतिनिधिसभाको नियमावाली छ । यसको व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । सभामुखको भूमिका ढंगले चलेको छैन् । त्यही भएर बैठक स्थगित भएको हो । राष्ट्रियसभाका अध्यक्ष नियमावालीअनुसार चल्नुभएको छ । त्यही भएर बैठक चलिरहेको छ ।’

सांसद विश्वकर्माले संसद बैठक स्थगन् गर्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे । उनले भने,‘अहिले जनताका दैनिक जनजीवनसँग जोडिएका विषयहरु छन्, संसद भनेको साझा थलो हो । छलफल हुनुपर्छ भनेर हामीले प्रस्ताव गरेका थियौं । तर, सरकार जनताप्रति उत्तरदायी देखिएन् ।’ उनले सभामुख महराको निर्णय क्षमतामा नै ह«ास आएको टिप्पणी गरे ।

सरकारले अहिले दिनैपिच्छे प्रतिपक्षी दललाई एउटा एउटा मुद्दा दिएको सुनाए । उनले भने,‘सरकार एकपछि अर्को गरेर विवादमा फसेको छ । जनअपेक्षाअनुसार काम गर्न सकेको छैन् ।’ विषादी प्रकरणमा वर्तमान कृषिमन्त्री चक्रपाणी खनालले देश र जनतालाई ढाँटेको उनको आरोप छ ।
उनले भने,‘नेपाल डब्लु.टि.ओ.को सदस्य सन् २००४ मा भएको हो । त्यतिबेला नेपालमा खाद्य प्रविधि तथा अध्ययन अनुशन्धान कार्यालय खोलिएका हुन् । अहिले त देशमा १२ वटा निकाय छन् । तर, उहाँले कार्यालय र निकाय छैन भन्नुभयो ।’ उनले नेपालले भिजिट नेपाल–२०२० मनाउन गैरहेको सन्दर्भमा यसरी तरकारीमा विषादी खुवाउने हो भने कसरी पर्यटकहरु नेपाल आउँछन् ? भन्दै प्रश्न गरे ।

त्यतिमात्रै नभएर यही असार २५ गतेको मन्त्रिपरिषद बैठकले विदेशमा ल्याउने सामानको म्याद गुज्रने मितिलाई ८० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारेको पनि उनले सुनाए । उनले भने,‘डब्लु.टि.ओ.अनुसार विदेशी सामान आयात गर्दा ८० प्रतिशत म्याद गुज्रने मिति हुनुपर्ने थियो, अब त सरकारले त्यसलाई पनि घटाएर ४० प्रतिशतमा झारेको छ । सामान उपभोक्ताको हातमा पुग्दा त म्याद नै गुज्रन्छ ।’

उनले सरकारका गलत कामका बारेमा कांग्रेसले सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्ने पनि बताए । नेता विश्वकर्माले सरकारले वितण्डा मच्चाईरहेको पनि आरोप लगाए । उनले भने,‘आफूले गरेका गलत काम र वितण्डाको बारेमा जनताले थाहा पाउँछन् र नांगेझार भईन्छ भन्ने डरले सदन स्थगित गरिएको हो ।’

उनले पार्टीको संशोधित नियामावली सर्वसम्मतीले पारित हुने दाबी गरे । उनले भने,‘कृष्ण सिटौलाजी उपस्थिति भएको बैठकले नै विधान पारित भएको हो ।’ उनले पार्टीको आचरण र अनुशासनभित्र के पर्ने ? के नपर्ने ? भन्नेबारे विवाद भएको भन्ने चर्चामाथि टिप्पणी गर्दै भने,‘पद प्राप्त गर्ने रणनीतिअनुसार कुराहरु आएका हुन् । पार्टी अनुशासनअनुसार चल्नुपर्छ ।’ कांग्रेसका भातृसंगठन र शुभेच्छुक संघ–संस्थाहरुले अनुशासन मान्न नहुने भनेर केही साथीहरुले वकालत गरेको सुनाउँदै त्यसलाई उनले हाँस्यस्पदको संज्ञा दिए ।
 
विश्वकर्माले पार्टीको लेबी र शुल्क लिने विषयमा पनि केही साथीहरुले धेरै भयो भनेर तर्क गरेकोमा नियतमाथिको प्रश्न भएको धारणा राखे । उनले भने,‘कांग्रेस पदाधिकारीले मासिक ६ सय तिर्नुपर्ने कुरा के बढि हुन्छ ? यो त नियतमा प्रश्न हो । यो त पार्टीभित्रको प्रतिपक्षी नियत हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ