arrow

मौसमले कहाँ कहाँ खतरा ?

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
weather1.JPG

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भागमा यतिबेला वर्षाको सम्भावना देखिएको छ । सोमबार बिहान झापा, मोरङ, सुनसरी, चितवन, पर्सा, गोर्खा, डडेलधुरा, कंचनपुर लगायतका जिल्लाहरुमा र ती जिल्ला आसपासका क्षेत्रहरुमा मेघगर्जन र चट्याङसहित वर्षा भईरहेको छ । 

यसका कारण ती क्षेत्रमा बाढी  तथा पहिरोको जोखिमको संभावना रहेकोले सतर्कता अपनाउनुपर्ने देखिएको महाशाखाले जनाएको छ । 

मनसून न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ रहेको छ । साथै बंगालको खाडीबाट  प्रवेश  गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पुर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि  स्थानहरुमा वर्षाको सम्भावना रहेको महाशााखाले भनेको छ। 

सोमबार पूर्वी र मध्य क्षेत्रका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भएको छ । पश्चिमी क्षेत्रका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । 

सोमबार बढी खतरा भने पूर्वी र मध्यक्षेत्रमा रहेको छ । निरन्तर वर्षा भएर जमिनले पानी सोसिसकेका कारण अब छोटो अवधिको वर्षाले पनि नदीमा पानीको बहाव बढ्ने भएकोले सचेत रहनु पर्ने निष्कर्ष मौसमविद्हरुको छ । 

काठमाडौं उपत्यकाको मौसम पनि विहानैदेखि बिग्रिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ