arrow

यलम्वरको छत खस्दा २ जनाको मृत्यु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ साउन ६ सोमबार
chhata.jpg

पाँचथर । पाँचथरको हिलिहाङ गाँउपालिका वडा नम्वर ७ टाहारीमा निर्माणाधिन यलम्वर पार्कको छत खस्दा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा हिलिहाङ ७ का ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राई रहेका छन् ।

हिलिहाङ ७ टाहारी नजिकै गाँउ पालिकाको लगानीमा निर्माणाधिन यलम्वर पार्ककको छत ढलाईपछि खोल्ने क्रममा उनीहरुको ज्यान गएको हो । घट्ना सोमवार विहान भएको हो । घट्नास्थलमा प्रहरी पुगिसकेको छ ।

१ जना घाइते भएका छन । घाइतेलाई उपचारार्थ पाँचथर अस्पताल ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ