arrow

केपी सरकारको खोक्रो राष्ट्रवाद : शेखर कोइराला

३७ औं वीपी स्मृति स्याङ्जामा मनाईयो

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ साउन ६ सोमबार
shakhar-koirala.jpg

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवादले लोकतन्त्र खतरामा पर्दै गएको बताएका छन् । नेपाली कांग्रेस स्याङ्जा, क्षेत्र नम्वर २ र वालिङ नगर समितिको संयुक्त आयोजनामा ३७ औं वीपी स्मृति दिवस समारोहको उदघाटन गर्दै नेता कोइरालाले पछिल्लो समय तरकारीमा विषादी प्रकरणले नै उनीमा कति राष्ट्रवाद छ भन्ने प्रस्ट भएको बताएका हुन् ।

चुनावका बेला राष्ट्रवादका नारा लगाएका केपी ओली प्रधानमन्त्री बनेपछि राष्ट्रियता कमजोर बनाउने खेलमा लागेको आरोप कोइरालाले लगाए । एकातिर राष्ट्रियता कमजोर बन्दै छ नेता कोइरालाले भने,“ अर्कोतिर भ्रष्टाचारले देशलाई खोक्रो बनाइदै छ ।” भ्रष्टाचारलाई शुन्यमा झार्ने भाषण गरेका प्रधानमन्त्री ओलीले वाइडबडी जहाज काण्ड, सुन काण्ड, मेलम्ची काण्ड, गुठि विद्येयक, बालुवाटार प्रकरणमा भएको भ्रष्टाचारको अहिले सम्म छानविन समिति नबनाउनुले पनि प्रधानमन्त्रीको आफै संलग्नता भएको पुष्टि हुन्छ कोइरालाले भने ।

वीपीले देखाएको राष्ट्रवादलाई कम्युनिष्ट सरकारले विस्तारै विद्येयक मार्फत नागरिकको स्वतन्त्रता र अधिकार माथी अंकुश लगाउन खोजेको आरोप कोइरालाले लगाए । प्रधानमन्त्री ओलीले देश आफैले हाकेका छन् की बाह्रय शक्तिले चलाएको छ कोइरालाले भने,“विषादी तरकारी नेपालमा पठाउने भारतसगँ किन प्रतिकार गर्न सरकार सक्दैन । उल्टो नेपाली जनतालाई ढाटेर पत्र नै नपठाएको भन्ने हल्ला गर्नु कति लज्जास्पद हो कोइरालाले भने ।

 कार्यक्रममा वोल्ने नेता तथा कार्यकर्ताले पार्टीएकताको सन्देश दिन नेतृत्वलाई दवाव दिइरहेका बेला नेता कोइरालाले पाटी सभापतिले गुट चलाएका कारण पाटीमा एकताको सन्देस दिन नसकिएको जिकिर गरे । सभापतिले बहुमतका आधारमा विधि र विधान मिचेर पाटी चलाउदा पाटी कमजोरसँगै तिनतहको निर्वाचनमा लज्जासपद हार व्यहोर्न परेको बताए । नेताको चाकडी गर्नु भन्दा पनि नेता बनने कोषिश गर्न कार्यकर्तालाई कोइरालाले सुझाए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, पुर्व कानुन मन्त्री यज्ञबहादुर थापा लगायतका बक्ताले कांग्रेसमा भएको गुटबन्दीको फाईदा नेकपाले लिएको बताए । कांग्रेस भित्र आन्तरीक विवादका कारण सरकारले मनलाग्दी गर्ने मौका पाएको नेताहरुले जोड दिएका थिए ।

समारोहमा नेपाली कांग्रेस स्याङ्जाका पुर्व सभापति खगेन्द्र राज रेग्मी, शंकर प्रसाद पाण्डे, पुर्व सभाषद शारादा पौडेल, संविधान सभाका सभाषद मोहोन पाण्डे, राजु थापा, महिला संघ केन्द्रीय उपाधयक्ष सरस्वती तिवारी, ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष इन्दिरा सापकोटा, शिक्षक संघका पुर्व अध्यक्ष मोहन ज्ञावाली, कार्यबहाक सभापति कुमार राना, क्षेत्रिय सभापति अर्जुनप्रकाश अर्याल, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण, महाधिवेसन प्रतिनिधि विष्णु पौडेल वालिङका कार्यबहाक सभापति भिमलाल सुवेदी लगायतका बक्ताहरुले नेतृत्वमा देखिएको विवाद गाँउतह सम्म पुगेको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ