arrow

चन्द्रमामा पहिलोपटक महीला पठाउँदै नासा, ३० अर्ब डलरको लागतको अनुमान

logo
प्रकाशित २०७६ साउन ६ सोमबार
nasas.jpg

काठमाडौं । पहिलो पटक चन्द्रमामा मानिसले पाइला टेकेको ५० औं वर्षमा अमेरिकी स्पेस एजेन्सी नासाले पहिलोपटक महीलालाई चन्द्रमामा पठाउने योजनामा काम गरिरहेको बताएको छ । यो कार्यक्रमलाई आर्टेमिस नाम दिइएको छ ।

नासाका अनुसार अहिले अघि सारिएको योजना आगामी दिनमा मंगलको लागि पनि निकै महत्वपूर्ण हुनेछ । साथै यो चन्द्रमा मिशन अनुसारको अन्तरिक्ष यात्रीले अहिलेसम्म कोही पनि नपुगेको क्षेत्रको पनि पहिचान गर्नेछन् । साथै उनीहरुले चन्द्रमाको सतहमा पानी, बरफ र अन्य प्राकृतिक संसाधनको खोजी पनि गर्नेछन् । चन्द्रमाले आगामी दिनमा अन्तरिक्ष यात्रालाई थप सहज बनाउनेछ । यस्तोमा आगामी दिनमा मानिसहरु चन्द्रमाबाट मंगलसम्म पनि जानसक्ने बताइएको छ ।

नासाका अनुसार सन् २०२४ मा चन्द्रमाको यात्रा गरेर अन्तरिक्ष यात्री फर्किँदासम्म करीब ३० अर्ब डलरको लागत आवश्यक हुनेछ । ५० वर्षअघि एपोलो मिशन अन्तर्गत दुई अन्तरिक्षयात्री चन्द्रमामा उत्रिएका थिए ।

यो क्रममा एपोलो–११ चन्द्रमामा अवतरणको ५० वर्षको क्रममा अमेरिकी उपराष्ट्रपति माइक पेन्सले नासाको पहिलो मानवरहित ओरियन क्रू क्याप्सुल चन्द्रमामा जानका लागि तयारी अवस्थामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ