arrow

मौसमले बिगार्यो, कहाँ कहाँ खतरा ? 

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
weather2.JPG

काठमाडौं । मनसुन सक्रिय भएसंगै काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वर्षा भइरहेको छ । निरन्तरको वर्षाले नदीका सतहहरु समेत बढेका छन् । 

मध्य र पूर्वी भूभागमा भारती वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमका केही स्थानमा भारी वर्षा भएको जनाएको छ । 

वर्षाको सम्भावना अझै रहेको जनाइएको छ । काठमाडौँ उपत्यका लगायत नवलपरासी, चितवन, बारा, पर्साका जिल्लाहरुमा र यसका आसपासका क्षेत्रहरुमा रातभर निरन्तर वर्षा भयो । 

यो प्रणली अझै शशक्त हुँदै जाने भएकाले त्यसले गर्दा ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने  भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । 

त्यस्तै इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको र ती जिल्ला भइ बहने नदीहरु मेची, विरिङ्ग, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चितवनको माडीस्थित रिउ खोलालगायत अन्य साना नदीमा आकस्मिक बहाव आउन सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन आग्रह गरिएको छ । 
 
मौसमको न्यून चापिय रेखा नेपालको  दक्षिणतिर अवस्थित रहेको र  बंगालको खाडीबाट  प्रवेश  गरेको  जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्वका अधिकांश तथा  मध्य तथा पश्चिमका केही  स्थानहरुमा वर्षाको सम्भावना देखिएको महाशाखाले उल्लेख गरेको छ । 

मौसमविद्हरुले मनसुन तीन दिनसम्म सक्रिय हुने बताएका छन् । सोमबार सबैभन्दा बढी धरानमा १०७ मिलिमिटर वर्षा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ