arrow

कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति छैन – रामचन्द्र पौडेल

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
ramchandra-poudel3.jpg

हेटौँडा । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टको राष्ट्रवादी नारामा देशभक्ति नरहेको टिप्पणी गरेका छन् ।

उनले सोमबार हेटौँडामा विश्वेश्वरप्रसाद कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा कम्युनिष्टहरू शुरुदेखि नै देशको भन्दा आफ्नो दल, कार्यकर्ता र व्यक्तिको उन्नतिका लागि मात्र काम गर्दै आइरहेको आरोप लगाएका हुन् ।      
     
 नेता पौडेलले अहिले सरकार भ्रष्टाचारको दलदलमा फसेको जिकिर गर्दै कम्युनिष्ट पार्टीको विकल्पका रूपमा काङ्ग्रेसलाई उभ्याउनुपर्ने भन्दै पार्टीले जनताको भरोसा जित्न नसक्नुका कारण माथि आत्मसमीक्षा गर्न जरुरी रहेको बताए । 

बिपीको आदर्शलाई आत्मसात् गर्न सकेमा मात्र पार्टी बलियो हुने र आफ्नो गल्ती स्वीकार गर्न सकेमा मात्र बिपीको अनुयायी भन्न सुहाउने नेता पौडेलको भनाइ थियो ।     
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ