arrow

ईश्वर पोखरेलसंग नारायणकाजी ठोक्किन खोज्दा सचिवालय बैठक नै सर्यो 

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
ncp-hq-building-oli-prachanda.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार बस्ने भनिएको सचिवालय बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । पार्टी स्कुल विभागमा सहमति नजुटेपछि सचिवालयको बैठक बुधबारका लागि सारिएको हो । 

सोमबार साँझ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा पार्टी स्कुल विभागमा सहमति नजुटेपछि बैठक बुधबारसम्मका लागि सरेको हो । 

ईश्वरसंग नारायणकाजीको प्रतिस्पर्धा 
 गत आइतबार बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ ओटा महानगरपालिकाका इन्चार्ज टुंगो लगाए पनि विवादका कारण विभागको नेतृत्व टुंगो लाग्न सकेको थिएन । 

विभाग गठनमा नेकपाभित्र स्कुल विभागको नेतृत्वबारे तीव्र विवाद छ ।

ओली र प्रचण्डबीच पार्टीका ३२ विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादी केन्द्रले १४ विभागको नेतृत्व लिने सहमति भइसकेको छ ।

तीमध्ये पार्टीमा निकै महत्वपूर्ण मानिने संगठन, विदेश, नीति तथा प्रतिष्ठान पूर्वएमालेले लिने र अर्थ र प्रचार विभाग पूर्वमाओवादी केन्द्रले लिने सैद्धान्तिक सहमति भइसकेको छ ।

तर, महत्वपूर्ण स्कुल विभागमा भने विवाद छ । दुवै पक्षले स्कुल विभाग आफूले पाउनुपर्ने अडान राखेका छन् । स्कुल विभाग पार्टीको वैचारिक नेतृत्व गर्ने विभाग भएकाले दुई पक्षबीच रस्साकस्सी भएको हो ।

यो विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी केन्द्रका नारायणकाजी श्रेष्ठको दाबी परेसँगै आन्तरिक टकराव तीव्र भइरहेको छ ।

दुई पार्टी एकतापछि पनि ‘जनताको बहुदलीय जनवाद’कै मर्मअनुसार अघि बढेकाले स्कुल विभाग आफूहरुले पाउनुपर्ने पूर्वएमाले पक्षको अडान छ ।

तर सांगठनिक संरचनामा प्रशिक्षण विभाग पार्टीको विद्यालय सहर मानिने भएकाले माओवादी पक्ष सजिलै छाड्ने पक्षमा छैन । 

ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठबीचको टकरावले बैठक नै सार्नुपर्यो । दुवै सचिवालय सदस्यले आफूले नछाड्ने बताएका छन् । 

दुई जनाको टसल भन्दा पनि यो एमाले र माओवादीबीचको टसल भएको स्पष्टै छ । नारायणकाजी नेकपाका प्रवक्ता पनि हुन् । ईश्वर उपप्रधान तथा रक्षामन्त्री हुन् । 

पार्टी प्रवक्ता भइसकेपछि स्वतः नारायणकाजीलाई प्रचार विभाग उपयुक्त हुने भए पनि उनी स्कुल विभागमा आँखा लगाइरहेका छन् । 

स्कुल विभाग नेकपाको स्कुलिङ हो । यही स्कुलिङ जस्तो बनायो भोलि पार्टी त्यही बाटोमा हिँड्ने भएकाले पनि ‘वाद’ र सिद्धान्तको लडाइ बनेको छ स्कुल विभाग । 

कट्टरवादको नेतृत्व गर्दै जनताको बहुदलीय जनवादका खरा अभियन्ताका रुपमा ईश्वर पोखरेल उभिएका छन् । उनले विगत पाँच महिनाको अवधिमा प्रायः यही विषयमा प्रचण्डलाई टक्कर दिइरहे । 

पोखरेललाई स्कुल विभाग दिँदा पार्टी नीति विरोधी हुने ठहर माओवादी पक्षको छ । प्रचण्डलाई पनि डर छ कि आफ्नो नैतिकता खतरामा पर्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ