arrow

बलात्कारी पक्रिन नसक्ने गृहमन्त्री अंकगणितीय प्रगतिमा मख्ख

दोषजति अघिल्ला सरकारमाथि

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
badal3.jpg

काठमाडौं । कञ्चनपुर जिल्लाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको एक वर्ष पूरा हुन लागिसकेको छ । पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै अहिले सडकमा भीडहरु आउन पनि छाडिसकेका छन् । अधिकारवादीहरु पनि थाकिसकेका छन् । परिवारले न्याय पाउने आशा मारिसकेको छ भने मृतक निर्मला पन्त जस्ता किशोरीहरुले आफूलाई सुरक्षित महसुस गर्न छाडिसकेका छन् । 

यसै सन्दर्भमा गृहमन्त्री रामबहादुर थापा बादलले यसमा आत्मालोचनाको साँटो मंगलबार उल्टै चर्काे स्वर गरे । यस्ता अपराध नियन्त्रण र अपराध पछि दोषीलाई कारबाही गर्न नसक्नु प्रहरी प्रशासनको नेतृत्वकर्ताको हिसाबले गृहमन्त्रीको काँधमा झनै धेरै आउँछन् । निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धी मुद्दा सामान्य मुद्दा होईन । तर, मन्त्री बादलले भने यसलाई अति सामान्यिकरण गर्ने प्रयास गरेका हुन् । 

सिंहदरबारमा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा मन्त्री बादलले निर्मला पन्तको बलात्कार र हत्या जस्ता अपराधहरु पूर्णतस् निषेध गर्न नसकिने स्पष्ट पारे । उनले यस्ता गतिविधिहरु हिजो पनि भएको, आज पनि रहेको र भोलि पनि हुने भन्दै यसलाई पूर्ण निषेध गर्न नसक्ने बताएका हुन् । उनले नेपाल प्रहरीले अपराध नियन्त्रणमा ९५ प्रतिशत प्रगति हाँसिल गरेको बताए । तर, त्यो ९५ प्रतिशतको आधारतिर मन्त्री बादल गएनन् । आफैंले लिएको लक्ष्यमा लिईएको प्रगतिलाई देखाएर मन्त्री थापाले आफू पानी माथिको ओभानो बन्ने प्रयास गरेको देखिएको छ । 

अर्काे तर्फ मन्त्री बादलले यस्ता अपराधहरु नियन्त्रण गर्न अघिल्ला सरकारहरु पनि असफल भएको उदाहरण दिएर आफू उम्किने प्रयास गरेका छन् । १३ वर्ष पहिलेको अपराधी पक्रिएको एउटा घटनाको उदाहरण दिँदै उनले अघिल्ला सरकारको पालामा भएका अपराधहरुका दोषीलाई समेत अहिले पक्राउ गरिरहेको दाबी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ