arrow

नियतीले नै लेखेको थियो पुत्र वियोगमा दशरथको मृत्यु

logo
रामायण,
प्रकाशित २०७६ साउन ७ मंगलबार
dasaratha.jpg

काठमाडौं । श्रीरामको वनवासपछि अयोध्याका राजा दशरथलाई असल र खराब कामहरूको फलबाटै भाग्य बन्छ भन्ने कुराको महसुस भयो। भाग्य कर्मबाटै बन्छ । हामी जस्तो काम गर्छौ त्यस्तै हाम्रो भाग्यको निर्माण हुन्छ । हामी आफ्नो कर्ममा टिकेका छौ ।

श्रीरामले वनवास पाए । राम, सीता र लक्ष्मण तीनै वन जाने तयारीमा थिए । तब राजा दशरथ यी पुरै घटनालाई नियतिको खेल भनिरहेका थिए । उनि यी सबै भाग्यको खेल मानिरहेका थिए । राम गएपछि जब उनि एक्लै कौशल्यासँग थिए तब उनले आफ्नो गल्तीहरुको ज्ञान हुन थाल्यो ।

उनिबाट युवावस्थामा श्रवण कुमारको हत्या भएको दशरथलाई सम्झना आयो । श्रवणकुमार माता पिताका अतुलनीय भक्त थिए । श्रवण कुमारका आमा बुवा दुवै आँखा देख्न नसक्ने अन्धा भएकाले उनले खर्पनमा राखेर आफ्ना आमा बुवालाई तिर्थस्थलहरूको भ्रमण गराउन लगेका थिए ।

यसै क्रममा एक दिन दिउँसो तीर्थाटनकै क्रममा आमाबुवाले प्यास लाग्यो भनेकाले श्रवण कुमार आमा बाबुलाई एक ठाउँमा बसालेर कमण्डलु बोकेर पानी भर्न गए । त्यसै वनमा राजा दशरथ पनि सिकार गर्दै थिए । श्रवण कुमारले कुवामा कमण्डलु डुबाएर पानी भर्ने बेलाको आवाज सुनेर राजा दशरथले जंगली जनावरले पानी खाएको आवाज भन्ने ठानेर आफ्नो शब्दभेदी बाण चलाउँदा श्रवणकुमारलाई लागेर उनको मृत्यु भएको थियो ।

कहिले काहि यस्तो लाग्छ हामीले कुनै काम पुरै मेहेनतसँग गर्‍यौ तर पनि नतिजा सोचे जस्तो आएन । यस्तोमा केहि मानिसहरु भन्छन्, 'हाम्रो भाग्यमा यस्तै लेखिएको थियो ।' कुनै कामको नतीजाबाट सन्तुष्ट हुन नसके विगतलाई हेर्न आवश्यक छ, तपाईबाट कहाँ गल्ति भयो ।

आफ्नो छोराको मृत्यु भएको थाह पाएर अन्धा अन्धी बा आमाले राजा दशरथलाई पुत्र वियोगमा मृत्यु हुने श्राप दिएका थिए । बूढा आमा-बुवाबाट उनको एक्लो सहारा छिनिएको थियो । यी सबै यसैको परिणाम थियो । त्यही श्रापका कारण राम वनवास जाँदा रामको वियोगमा दशरथको मृत्यु पनि भयो ।

हरेक परिणामकोपछि कुनै कर्म अवश्य हुन्छ । बिना कर्म हाम्रो जीवनमा कुनै परिणाम आउन सक्दैन । तपाई कर्म माथि नजर रख्नुहोस। तब तपाई भाग्यलाई बुझ्न सक्नुहुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ