arrow

भद्रगोलको निहुँमा कांग्रेस महाधिवेशन सार्ने तयारी

केन्द्रीय कार्यालयमा सक्रिय सदस्यको समेत नामावली छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७६ साउन ९ बिहिबार
nepali-congress-flag.jpg.jpeg

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन आगामी फागुनमा नहुने पक्का भए पनि अहिलेको नेतृत्वले केही वर्ष नै चुनाव सार्ने रणनीति बनाएको दावी गर्न थालिएको छ। 

पार्टीमा पूरै भद्रगोल बनाएर महाधिवेशन सार्ने तयारी भइरहेको एक केन्द्रीय सदस्यले जनाएका छन्। उनका अनुसार पार्टी मुख्यालय वीपीनगर सानेपामा कुनै पनि तहका नेता, कार्यकर्ताको तथ्यांक छैन । 

सक्रिय सदस्य सहितको तथ्यांक नै नभएपछि त्यसलाई संकलन गर्न समय लाग्ने र तथ्यांक आएपछि बल्ल कार्यक्रम बनाउन सकिने सभापति शेरबहादुर देउवा पक्षले दावी गरेको छ । 

महासमिति प्रतिनिधि र सक्रिय कार्यकर्ताको तथ्यांक नै गायब पारिएको सानेपा स्रोतले बताएको छ। स्रोतका अनुसार पार्टी कार्यालयमा पूरै भद्रगोल छ । 

सक्रिय सदस्यहरुको नामावलीसमेत नष्ट गरिएपछि यसको संकलन गर्न कम्तीमा माघसम्मको समय लाग्ने देउवा पक्षको दावी छ ।

महासमिति प्रतिनिधिहरुको लिष्टसमेत केन्द्रले सबै जिल्लाहरुमा मागिरहेको छ । कम्प्युटरमा राखिएका कुनै पनि तथ्यांक छैनन् । कम्युटरमा डाटा संकलन गर्ने व्यक्ति भएका सबै तथ्यांकहरु नष्ट गरेर अमेरिका भासिएको खवर छ । डाटा संकलन गर्नका लागि ६ लाख रुपैयाँ बजेटसमेत छुट्टाइएको सानेपा स्रोतले बताएको छ । 

यसको सफ्टवेयर बनाउन नै ६ लाख लाग्छ भनेपछि त्यो सफ्वेयर नचाहिने आफूले नै जिल्ला जिल्लाबाट संकलन गरेर ल्याइदिने भनी केन्द्रीय पदाधिकारीबीच हानथाप भइरहेको स्रोतले बताएको छ । 

देउवाले कसलाई उक्त कामको जिम्मा दिन्छन् भन्ने टुंगो लागेको छैन । यो कामलाई जति लम्ब्यायो त्यति फाइदा हुने हो भने आफ्नो ‘यसम्यान’ लाई यो काम सुम्पन सक्ने संभावना बढेर गएको छ । 

तर सबै जिल्लाबाट तत्काल तथ्यांक मगाउने हो भने त्यो काम सबै जिल्लाबाट एक हप्ताभित्रै तयार गर्न सकिनेमा दुई मत छैन । 

जिल्लाहरुले एक प्रति तथ्यांक आफूसंग राखेर त्यही नामावली केन्द्रमा पठाएका हुन्छन् । त्यो तथ्यांक सुरक्षित भए तत्काल त्यो तथ्यांक संकलन हुन सक्नेछ । 

त्यसैगरी सक्रिय कार्यकर्ता बढाउनका लागि अभियान चलाएर थप्न सकिन्छ । यतातर्फ ध्यान दिनुको सट्टा जसरी पनि समय थप्नेतर्फ केन्द्रीत भइरहेको बुझिएको छ । 

महाधिवेशन छल्न अनेक प्रपञ्च 
महाधिवेशन गर्ने समय लम्बाउने खेल स्वरुप राष्ट्रिय जागरण अभियान ल्याइएको आरोप देउवामाथि लागेको छ। 

एक महिने पहिलो चरणको अभियान बैशाख २५ बाट सुरु भई जेठ २५ मा सकिएको थियो । त्यो अभियानमा काँग्रेस कार्यकर्तालाई बुझाउने र सक्रिय बनाउनुको सट्टा सरकार र इतर गुटलाई गाली गर्नमै नेताहरुले समय खर्चेका थिए । 

अब दोस्रो र तेस्रो चरणको अभियान सक्न पुससम्मको समय लाग्नेछ । त्यसैगरी सक्रिय कार्यकर्ताको तथ्यांक संकलन गर्न ६ महिना लाग्ने बताइएको छ । 

यतिसम्मकी केन्द्रीय समिति बैठकमा महाधिवेशनको एजेन्डा नै नराख्ने गरी देउवा समूहले कार्यक्रम अगाडि बढ्न खोजेको थियो । इतर समूहलाई पनि त्यस्तै किसिमको ब्रिफिङ गर्न खोजिएको थियो । 

यदि विरोध नै गरिहाले भने कार्वाहीका लागि भनेर अनुशासन समितिलाई सक्रिय बनाइएको थियो । 

यो विरोधका बाबजूत देउवा इतरको पक्षले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्ने धम्की दिएपछि त्यही धम्कीपछि देउवाले महाविधेशनको एजेन्डालाई छुट दिएका छन् । 

नियमावली पारित हुने तर्खरमा
नियमावलीमा सहमति जुटाउन केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । लेबी नराखेर शुल्क भन्ने शब्द राख्ने अनि शुल्क कम लिने भन्नेमा बहुमत सदस्यहरुको भनाइ रहेको छ । 

केन्द्रीय सदस्य फर्मुल्ला मन्सुरका अनुसार सबै सदस्यहरुबीच सहमति जुटेरै नियमावली पारित हुनेछ । 

त्यसैगरी नियमावलीमा सुभेच्छुक संगठनलाई नियन्त्रण गर्ने विषयमा भने पुरानै किसिमले स्वतन्त्र छाड्ने सहमति भएको छ । 

यसअघि ट्रेड युनियन र प्रेस युनियनलाई समेत सक्रिय कार्यकर्ता बनाएरमात्र काँग्रेसको केन्द्रीय प्रतिनिधिकै रोहवरमा चुनाव गर्नेेदेखि लिएर गतिविधि गर्ने रहेको थियो । यसमा नरम भएको बताइएको छ । 

नियमावलीमा अपांगता भएकाहरुलाई तल्लो निकायदेखि माथिल्लो निकायसम्म प्रतिनिधित्व गर्ने व्यवस्था मिलाउने सहमति भएको छ । 

केन्द्रीय समिति बैठक केही दिन चल्ने पनि बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ