arrow

शहीद गंगालाल हृदय केन्द्र जनकपुरको औपचारिक शुभारम्भ

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ साउन ९ बिहिबार
yadhavs.JPG

जनकपुरधाम । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र जनकपुरधाम शाखाको बिहीबार औपचारिक शुभारम्भ गरेका छन् ।

माघ २७ गते देखी जनकपुर अंचल अस्पताल परिसरमा बहिरंग विभाग मार्फत अनौपचारिक सेवा शुरु गरेको शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्र जनकपुरधाम शाखाको उपप्रधानमन्त्री यादवले औपचारिक उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा उपप्रधानमन्त्री यादवले सबै भन्दा बढी हृदय रोगी रहेको यस प्रदेशमा जनकपुरधाम  शाखाको स्थापनाले रोगीहरुको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

बहिरंग सेवाले मात्र सम्पूर्ण उपचार सम्भव नरहेको बोल्दै उपप्रधानमन्त्री यादवले आगामी दिनमा यस शाखाको विस्तारको लागि आवश्यक पूर्वाधार निर्माणमा प्रदेश सरकारलाई सहयोग गर्न आग्रह समेत गरे।

उपप्रधानमन्त्री यादवले जनकपुर अञ्चल  अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत गरेर गंगालाल हृदयकेन्द्र शाखालाई समेत त्यस संग समन्वय गराएर अगाडी बढाउनुपर्ने बताए ।

यसले प्रादेशिक अस्पताल र हृदयकेन्द्र दुबैलाई फाइदा हुने विश्वास व्यक्त गरे।उपप्रधानमन्त्री यादवले जनकपुरलाई नमूना अस्पताल बनाउनुका साथै राजविराज र विरंगजमा समेत विशिष्ट सेवा सहितका अस्पतालमा परिणत गर्नु पर्ने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि प्रदेश नम्बर दुईका मुख्यमन्त्री मोहम्मद  लालबाबु राउतले हृदयकेन्द्रको स्थापनाले प्रदेशमा रहेको मुटुरोगीहरुको उपचारमा सहयोग पुग्ने भएकाले आवश्यक सबै प्रकारको सहयोग गर्ने बताए ।

मुख्यमन्त्री राउतले  हृदयकेन्द्रको लागि प्रदेशको क्षमता अनुसार आवश्यक रकमको व्यवस्था समेत गरि सकेको बताए  ।मुख्यमन्त्री राउतले  जनकपुर अस्पताललाई केही दिन भित्रै प्रदेशिक अस्पतालमा परिणत गर्न आफुहरु लागि परेको तर्क राखे ।

मुख्यमन्त्री राउतले जनकपुरमा अस्पतालमा भौतिक संरचनामा मात्र नभई विशिष्ट सेवाका लागि आवश्यक उपकरण र चिकित्सकको व्यवस्था समेत गर्ने तैयारी प्रदेश सरकारले गरि सकेको र सोही अनुसार कार्य समेत अघि बढाई सकेको बताए ।

शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माको अध्यक्षतामा भएको कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, जनकपुधाम उपमहानगरका मेयर लालकिशोर साह, जनकपुर अंचल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट नागेन्द्र प्रसाद यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा प्रमोद यादव सहितका वक्ताहरुले सम्बोधन गरेका छन ।

कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थ, आर्थिक मामिला मन्त्री विजय यादव, आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव, कृषि राज्यमन्त्री योगेन्द्र यादव सहितको सहभागिता रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ