arrow

नेविसंघले सोध्यो – निर्मलालाई न्याय कहिले सरकार ? 

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
nirmala-justice.jpg

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको छ ।

एक वर्षको स्मृतिमा नेपाल विद्यार्थी संघ नेविसंघले ‘निर्मलालाई न्याय कहिले सरकार ? भन्ने दबाबमुलक कार्यक्रम माइतीघरमा गरेको छ 

नेविसंघको आयोजनामा भएको विरोध कार्यक्रममा विद्यार्थी, अधिकारकर्मीसंगै सर्वसाधारणको उपस्थिति रहेको थियो । उपस्थितहरुले निर्मलाको फोटो र ब्यानरमा मैले न्याय कहिले पाउने, निर्मलालाई कहिले न्याय दिने भन्ने शब्द लेखिएका प्ले कार्ड लिएका थिए । 

नेविसंघका निवर्तमान उपाध्यक्ष निलकण्ठ रिजालको नेतृत्वमा भएको कार्यक्रममा निवर्तमान उपाध्यक्ष सागर परियारले अपराध र विध्वंशको मानसिकताबाट अहिलेका गृहमन्त्री रामबहादुर थापा बादल निस्कन नसकेको भन्दै पछिल्लो गृहमन्त्रीको भनाइप्रति खेद प्रकट गरे । 

निर्मला र पछिल्ला घटनाका पीडितलाई न्याय दिन नेविसंघ नेतृ सुप्रीय जोशीले सरकारसंग आग्रह गरिन् ।

निर्मलाको गत वर्षको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ