arrow

निर्मला पन्त करणीपछि हत्याको एक वर्ष पूरा, अपराधीलाई कार्वाही भने अपूरा

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
nirmala-pant-killed.jpg

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पूरा भएको छ । साथीको घरमा गृहकार्य गर्न गत वर्ष साउन १० गते गएकी निर्मला घर फर्किनन् । 

उनको बलात्कारपछि हत्या भएको अवस्थामा अर्को दिन शव फेला परेको थियो । हत्या भएको एक वर्षसम्म पनि अपराधी भने पत्ता लाग्न सकेको छैन ।

एक वर्षको अनुसन्धान प्रगति हेर्दा शून्य देखिन्छ । घटनाको सरकारी तवरबाटै आधा दर्जनभन्दा बढी अनुसन्धान भएका थिए । अनुसन्धानकै क्रममा ८० भन्दा बढीको डीएनए परीक्षण र पाँच सय भन्दा बढी जनासंग सोधपुछ गरियो । 

घटनाका वरिपरि देखिने सयौ पात्रहरुका कल डिटेल पनि लिइयो । तर सुराकी पत्ता लागेन । 

उक्त बलात्कारी र हत्यारका अगाडि नेपाल सरकार, सुरक्षा टोली सबै निरीह देखियो । 

प्रहरीले एक वर्षको अवधिमा कसैलाई कार्वाहीको दायरामा ल्याउन नसकेको भन्दै आलोचना पनि भइरहेको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले अनुसन्धान अझै नसकिएको भन्दै ढिलै भए पनि हत्यारा पत्ता लगाएरै छाड्ने विश्वास गरेका छन् । 

उनले कतिपय घटनाका दोषीहरु ढिला गरी पनि पत्ता लागेको भन्दै निर्मलाका हत्यारा कुनै दिन पत्ता लाग्ने बताए । 

घटनास्थलको संरक्षणदेखि मुचुल्का, शिलबन्दी र अनुसन्धानमा प्रहरीको कमजोरी देखिएको थियो । तर प्रवक्ता पोखरेलले अपराधी धेरै लुक्न नसक्ने बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ