arrow

निर्मला पन्तको हत्या सम्बन्धमा सरकारलाई आयोगको ताकेता पत्र

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
Nirmala-Pant.jpg

काठमाडौं ।  मानव अधिकार आयोगले गत साउन १० गते बलात्कारपश्चात् हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको घटना सम्बन्धमा आयोगबाट गरिएका सिफारिसको कार्यान्वयन अवस्थाको जानकारी गराउन ताकेता गर्दै  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ ।

 घटनाको सम्बन्धमा प्रहरीद्वारा गरिएको अनुसन्धानको प्रभावकारिताको बारेमा मानव अधिकारको दृष्टिकोणबाट राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धान-अनुगमन गरी  मिति २०७५-१०-९ गते आयोगबाट निर्णय भई सो निर्णय कार्यान्वयनका लागि च.नं १४१२  मिति २०७५-१०-१३ मा ४ बूँदे सिफारिस एवं २४ बूँदे निर्देशनसहितको पत्राचार गरेको थियो ।

आयोगका नि. सचिव-निर्देशक मुरारिप्रसाद खरेलले भने ,'उक्त सिफारिश कार्यान्वयन गरी तीन महिनाभित्र सोको जानकारी आयोगलाई उपलब्ध गराउन अनुरोध गर्दै आयोगबाट गरिएको पत्राचारको सम्बन्धमा हालसम्म पनि कुनै जानकारी प्राप्त नभएकोले सो सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमार्फत सम्बन्धित निकायबाट अनुसन्धानमा भएको प्रगति विवरण यथाशीघ्र उपलब्ध गराउन अनुरोध गरिएको हो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ