arrow

लाखौं खर्च गरेर परराष्ट्र मन्त्री ज्ञवालीद्वारा २० बोरा चामल ! स्थानीयहरुमा आक्रोश 

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
pardeep-gyawali.jpg

काठमाडौं । कम्युनिष्टहरु देखावटी कामको लागि जस्तो सुकै काम पनि गर्न पछि पर्दैनन् भन्ने कुरा नेकपाका नेताहरुको पटक पटकको व्यवहारमा झल्किने गर्दछ । सर्वहारा वर्गको पार्टी भनेको नेकपाका नेताहरुमा भने सर्वहारा चरित्र देखिने गरेको छैन । केही दिनअघि तराईमा गएको विनाशकारी बाढीका पीडितहरुलाई भेट्न जाने बाहानामा हेलिकप्टर लिएर पुगेका नेकपा र तराई केन्द्रीत दलका नेताहरु हेलिकप्टरबाट तल झर्न मानेन् । 

त्यतिबेला त्यहाँका जनताको आवश्यकता नेताहरुले अवलोकन गर्दैमा सुल्झिनेवाला पनि थिएन र सुल्झिएको पनि छैन । तर, जनताको मन जित्नको लागि देखावटी अवलोकनमा गएका नेताहरुले राज्यकोषको लाखौं पैसा सेनाको खातामा पठाउनेबाहेक केही पनि उपलब्धी गर्न सकेनन् । उनीहरुले अवलोकन गरेकै आधारमा ती क्षेत्रमा कुनै पनि थप राहत सामग्री पुगेको छैन । 

त्यस्तै, काम गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो लुम्पेक कसिङथलामा पहिरोमा पुरिएर १३ जना मानिसको ज्यान गएको घटनामा पनि देखिएको छ । गुल्मी जिल्लाको दूर्गम भेगमा भएको घटना लगत्तै जिल्लाका सबै राजनीतिक दलका नेताहरुले त्यसमा चासो देखाए । राज्य शक्तिमा पहुँच पुगेकाहरुले राज्यको तर्फबाट राहतको प्रयास गरे । राज्य सत्तामा आफ्नो शक्ति नभएका प्रतिपक्षले पनि सरकारलाई तत्काल राहतको लागि दबाब दिए । 

तर, दुई तिहाई मतप्राप्त सरकारको परराष्ट्र मन्त्रीले आफ्नो गृहजिल्लामा दिएको राहतबारे पनि आलोचना सुरु भएको छ । त्यहाँका स्थानीयहरुले परराष्ट्र मन्त्रीले लाखौं खर्च गरेर सेनाको हेलिकप्टरमा घटनास्थल पुगेपनि २० बोरा चामल बाँडेर आफ्नो जिम्मेवारीबाट उम्कने प्रयास गरेको भन्दै स्थानीयहरुले आरोप लगाउने गरेका छन् । घटनापछि उद्दार र राहतको लागि घटनास्थल पुगेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको राहतमा भने कम्युनिष्टहरुको विकृत रुप झल्किएको आरोप समेत स्थानीयको छ । 

तराईको डुबानको समयमा काठमाडौंबाट सेनको हेलिकप्टरमा उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन र भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ रौतहट पुगेका थिए । मन्त्रीहरुसँगै पूर्वप्रम माधव नेपाल, राजपा अध्यक्षमण्डलका अध्यक्ष अनिल झालगायतपनि थिए । हेलिकप्टरबाट हेर्दा उनीहरुले कुनै पीडा देखे या देखेनन् त्यो उनीहरुले नै जान्नेछन् । तर, राहतको पर्खाईमा आकाश हेरेर बसेका बाढी पीडितहरुलाई भने त्यो हेलिकप्टरले गिज्याएर मात्रै फर्कियो । 

परराष्ट्र मन्त्री ज्ञवालीले सेनाको हेलिकप्टर लिएर सत्यवती गाउँपालिकाको घटनास्थलमा पुगेर २० बोरा चामल बाँडेर फर्किए । जानकारहरुका अनुसार त्यो हेलिकप्टरको भाडा १५ लाखभन्दा धेरै तिरिएको छ । त्यो २० बोरा चामल कसले कति पाए भन्ने कुरा स्वयं परराष्ट्र मन्त्री ज्ञवालीलाई पनि थाहा नहुन सक्छ । तर, त्यहाँका स्थानीयका अनुसार मन्त्री ज्ञवालीले २० बोरा चामल मात्रै बाँड्दा गाउँलेहरुको समस्या अलिकति पनि समाधान भएको छैन । मन्त्रीले हेलिकप्टरमा बोकेको त्यो राहत विल्कुल पर्याप्त पनि थिएन । पहिरो प्रभावित क्षेत्र लिम्घामा कूल २५ घर मध्ये ८ जनाको ज्यान गएको छ भने लुम्पेकमा कूल ५५ घरका ५ जनाको ज्यान गएको छ । यसरी ८० घर प्रभावित भएकोमा मन्त्री ज्ञवालीले भने जम्मा २० बोरा मात्रै चामल बाँडेका हुन् । जसका कारण अहिले पनि त्यो पहिरो प्रभावित क्षेत्रका स्थानीयहरुको अवस्था पीडादायी नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ