arrow

समावेशी आयोगका अध्यक्ष सुवेदीले दिए राजीनामा 

logo
प्रकाशित २०७६ साउन १० शुक्रबार
shantaraj-subedi.jpg

काठमाडौं । लामो समयसम्म पदाधिकारी पूर्णता सहितका समस्याहरुबाट गुज्रिँदै आएको समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले राजीनामा दिएका छन् । शुक्रबार सुवेदीले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् । 

शुक्रबार राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गरेको विज्ञप्तीमा अध्यक्ष डा. सुवेदीले नेपालको संविधानको धारा २५८ को उपधारा ९४० को खण्ड (क) बमोजिम मिति २०७६ साउन १२ गतेदेखि लागू हुनेगरी राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पदबाट लिखित राजीनामा दिएको उल्लेख गरेका छन् ।

संविधानको भाग २७ मा महिला, दलित, समावेशी, आदिवासी जनजाति, मधेसी, थारू र मुस्लिम आयोगको व्यवस्था छ। यसरी आयोगमा समयमा पदाधिकारी नियुक्त नगरेको र सरकारले आवश्यक सहयोग नगरेपछि उनी पहिलेदेखि नै असन्तुष्ट थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ