arrow

बाढीबाट मोरङमा २ सय ७५ परिवार विस्थापित

logo
रासस,
प्रकाशित २०७६ साउन ११ शनिबार
flood4.jpg

विराटनगर। बाढीका कारण मोरङमा अहिलेसम्म २७५ परिवार विस्थापित भएका छन्। विराटनगर महानगरपालिका–१२ मा मात्रै ६० मुसहर परिवार विस्थापित भएका छन्। 

वर्षापछि केसलिया खोलामा बाढी आउँदा विराटनगर महानगरपालिका–६ रामपुरमा बाँध भत्केर गाउँ पस्दा वडा नम्बर ६, १२ र १६ का विभिन्न गाउँ डुबानमा परेका छन्। केसलियाको बाढी ब्रम्हपुरा बस्तीमा पस्दा १० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सिम्राही, दरैया र बखरी पश्चिमको क्षेत्र पूरै डुबानमा परेको छ। 

यसअघि असार २४ गतेदेखि एक सातासम्म परेको वर्षाका कारण विराटनगर–१२ बखरीस्थित मुसहर बस्तीका १२५ परिवार विस्थापित भएका थिए। बक्राहा खोलामा आएको बाढीका कारण सुनवर्सी नगरपालिका–५ मा ५५ घर डुबानमा परेका छन्। लोहन्द्रा खोलामा आएको बाढीका कारण कटहरी गाउँपालिका–४ का १५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ