arrow

निर्मलाको न्यायको माग गर्दै नेविसंघ खोटाङले जलायो प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला 

logo
प्रकाशित २०७६ साउन ११ शनिबार
nsu-khotang.jpg

खोटाङ। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको वर्ष दिन पुग्दा समेत सरकारले दोषीलाई पहिचान गरेर कारबाहीको दायरामा ल्याउन नसकेको भन्दै नेपाल बिद्यार्थी संघले खोटाङमा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेका छन्। 

निर्मलाको बलात्कारपछि हत्या भएको ठीक वर्ष दिन पुग्दा समेत पिडितलाई न्याय दिलाउन नसकेको भन्दै नेबिसंघले शुक्रबार साँझ दिक्तेलमा प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका हुन्। वर्तमान सरकारले बलात्कारी र फटाहालाई कारबाही गर्नुको सट्टा संरक्षण गरेको वर्ष दिन पुगेकाले पुत्ला दहन गर्नुपरेको नेबिसंघका सभापति राजकुमार बस्नेतले बताए।

‘सरकारले दोषीलाई, फटाहालाई, बलात्कारीलाई कारबाही नगरेर संरक्षण गरेको आज एक वर्ष पुगेको छ। यसका बिरुद्ध हामीले देशभर आन्दोलन गर्‍यौं,’ सभापति बस्नेतले भने, ‘आन्दोलनकै मैदानबाट हामीले भन्यौं सरकार निर्मला पन्तलाई न्याय देउ। तर प्रधानमनत्री पीडा नबुझी शासनसत्ता टिकाउनमा मात्र लाग्नु भयो। आम नागरिकका छोरीमाथि बलात्कारका घटना घटिरहेका छन्।’ 

गृहमन्त्री बादलले ‘निर्मलाको जस्तो हत्या हिजो पनि थियो, आज पनि छ र भोली पनि रहन्छ’ भनेर गैर–जिम्मेवार अभिव्यक्ती दिएको भन्दै नेबिसंघले बिरोध जनाए। ‘गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्नुपर्ने दिनमा निर्मलाको जस्तो हत्या हिजो पनि थियो, आज पनि छ र भोली पनि रहन्छ भनेर भन्नुभयो,’ सभापति बस्नेतले भने, ‘गृहमन्त्रीले शान्ति सुरक्षा कायम गर्नुपर्ने दिनमा यो अभिव्यक्ती कतिसम्म निसन्देह हो, कतिसम्म गैरजिम्मेवारपन हो ?’ 

निर्मलाको न्यायका लागि लडेकालाई गोली हानिएको र कतिपयलाई घाईते बनाइएको भन्दै नेबिसंघले सरकारको आलोचना गरेको छ। कांग्रेस पार्टी कार्यालयबाट सरकार बिरुद्ध नारा जुलुस गर्दै बेसक्याम्प पुगेको नेबिसंघले पुत्ला दहनपछि पनि चर्का नाराबाजी लगाएको थियो। निर्मलाको हत्यारालाई पत्ता लगाएर कारबाहीको दायरामा नल्याए थप आन्दोलन गर्ने नेबिसंघले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ