arrow

द्धन्दपिडित परिवारको गुनासो : 'हाम्रो नाम लिएर कार्यक्रम अरुले चलाउँछन'

logo
मुरली गोडिया,
प्रकाशित २०७६ साउन ११ शनिबार
gulariya-municipal.jpg

गुलरिया, बर्दिया। शशस्त्र द्धन्द्धका बेला पिडित बनेका द्धन्द्धपिडित तथा वेपत्ता परिवारले आफुहरुले राज्यबाट न्यायचित सुविधा नपाएको गुनासो गरेका छन। सशस्त्रद्धन्द्धका क्रममा विभिन्न पक्षबाट पिडित वेपत्ता र घाइते भएका परिवारका सदस्यहरुले यस्तो गुनासो गरेको हुन्।

गुलरियाका द्धन्द्धपिडितहरुको नाममा सरकार चुपचाप रहेकोमा चिन्ता लागेको उनीहरुले बताउने गरेका छन्। गुलरिया नगरपालिका वडा नम्बर ११ की आशारानी थारु आफना श्रीमानको हत्याले पुरा घरनै पिडित बनेको बताइन। उनले अगाडी थपिन् हाम्रो नाम लिएर आएको रकम अरुले खाने गरेको बताइन। द्धन्द्धपिडित सदस्यका लागी आएको कार्यक्रमहरु सोही परिवारका वास्तविक व्यक्तिले पाउनु पर्ने उनको भनाई थियो। 

महिला, कानुन र विकास मञ्चले गुलरियामा गरेको एक कार्यक्रममा बोल्दै थारुले भनिन् श्रीमानलाई हत्या गरियो। घरमा परिवारका सदस्यलाई कसरी खर्च जुटाउने भन्दै निक्कै समास्या भएको छ। “हाम्रो नाममा धेरैले विभिन्न किसिमका कार्यक्रमहरु संचालन गरेका तर पनि वास्तविक द्धन्द्धपिडितले त्यस्तो अवसर पाएका छैनन् हाम्रो नाममा आएको रकम अरुले नै खाए” उनले भनिन्।

विभिन्न खालका व्यवसायिक योजनाहरु द्धन्द्धपिडित व्यक्तिका लागी आउँछन तर हामीलाई जानकारी नै हुन्न त्यहाँ त अरुले कार्यक्रम संचालन गरेको पाइन्छ उनले आशु झार्दै भनिन्। त्यस्तै अर्का द्धन्द्धपिडित गोविन्द थारुको पनि गुनासो उस्तै छ हामीलाई न्याय चाहियो भन्दा भन्दा वर्षौ भयो तर खै अहिले सम्म केही पनि पाएका छैनौं थारुले बताए। उनी भन्छन्, 'अहिले स्थानीय सरकारको निर्माण पनि भएको छ हामीलाई केही राहत हुन्छ भनेको तर स्थानीय सरकारले पनि त्यस्तो केही गर्न सकेन'।

शान्ति प्रक्रियाको क्रममा हासिल गरिएको तत्कालीन विद्रोही सम्बद्ध लडाकु र हतियार व्यवस्थापनको नेपाली अनुभव समेतका आधारमा संक्रमणकालीन न्याय प्रक्रियालाई आपसी छलफलमा टुङ्गो लगाउन सहज हुने द्वन्द्व पिडितहरु बताउछन्। द्वन्द्व पिडितहरुले शसस्त्र द्वन्द्वका क्रममा घाइते, अपाङ्ग तथा अङ्गभङ्ग भएकालाई औषधि उपचार तथा जीवन निर्वाहको ब्यवस्था गर्नुपर्ने र निश्पक्ष रुपमा द्वन्द्व पिडितहरुले न्याय पाउनुपर्ने उनीहरुको मुख्य ऐजेण्डा भएको बताउँछन। 

कार्यक्रममा बोल्दै द्धन्द्धपिडित साझा चौतारीका केन्द्रिय अध्यक्ष भागीराम चौधरीले द्धन्द्धपिडितहरुका बारेमा राज्य अहिले सम्म पनि चासो नदिएको बताए। समास्या बल्झाउने की समाधानको उपाय बारे सोंचे हाम्रो समास्या समाधान नहुने तर्क गरे। द्धन्द्ध पिडितहरुको कुरा मानवियता संग जोडिएकाले यस्तो गम्भीर समास्याका बारे सरकार चासो देखाउन नसक्नु लजास्पद तथा अचम्मको कुरा भएको उनले भने।

पिडितलाई केन्द्रमा राखेर काम गरौं। मानविय भावना संग जोडिएको कुरामा राजनीति नगरौं। उनले आग्रह पनि गरेका छन। कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाकी न्यायिक समिती सदस्य विनिता देवकोटाले अहिले पनि धेरै द्धन्द्धपिडितहरुले न्याय नपाएकोमा दुख व्यक्त गरिन।

गुलरिया नगरपालिकाले द्धन्द्धपिडित परिवारका लागी विभिन्न किसिमका योजनाहरु ल्याउनु पर्ने बताइन। गुलरिया नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामनारायण प्रसाद केशरीले आफु समेत द्धन्द्ध पिडित भएको र न्यायोचित कार्यहरु हुन नसकेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ