arrow

सरकारले ऐतिहासिक अवसर चुकाउनु हुँदैन : यादव

logo
प्रकाशित २०७६ साउन १२ आइतबार
rajkisor.JPG

काठमाडौं ।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले देशलाई आर्थिकरुपमा समृद्ध बनाई जनताको लामो समयदेखिको आकाँक्षा पूरा गर्ने ऐतिहासिक अवसरलाई वर्तमान सरकारले पूरा गर्नुपर्नेमा जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा आइतबार आयोजित साक्षात्कारमा उनले जनताको अपेक्षाबमोजिम यो सरकारले अझै परिवर्तनकारी काम गर्न नसकेको बताए ।

संयोजक यादवले देशको अहिले आर्थिक अवस्था कमजोर रहेको, नेपाल राष्ट्र बैंकसँग आठ महिनाका लागि मात्र मुद्रा सञ्चिति रहेको, व्यापारघाटा र सोधान्तरस्थिति बढेको तथा नेप्से सूची कमजोर भएको उल्लेख गरे।

एक प्रसङ्गमा उनले वर्तमान संविधानले पूर्णता पाइनसकेको र संशोधन गर्नुपर्ने भएपनि सरकारले यसमा जिद्दी गरिरहे फेरि आन्दोलन हुने  बताए । बर्सेनी पहाडमा पहिरो आउने तथा मधेश जलमग्न हुने स्थिति रहेकाले यसलाई नियन्त्रणमा ध्यान दिनुपर्ने,  बाढीपहिरो प्राधिकरण गठन गरी आकाशको पानी सङ्कलन तथा उपयोग  नीति बनाउनुपर्नेमा पनि संयोजक यादवले जोड दिए ।

  पार्टीको सिद्धान्त तथा विचार मिल्ने पार्टीसँग एकीकरण गरिने र यसका लागि समाजवादी पार्टीबाहेक साना पार्टीहरुसँग कुराकानी भइरहेको छ भन्दै उनले आफ्नो दलको महाधिवेशन सफल बनाइने र संसद्मा बलियो प्रतिपक्ष आवश्यक भएकाले पार्टीको विचार मिल्ने मुद्दामा नेपाली काँग्रेससँग सहकार्य गरीसशक्त भूमिका निर्वाह गरिने पनि बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ